काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर बिजक (भ्याट) जारी गरेर करोडौँ राजस्व छली गर्ने तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौँ महानगरपालिका–३२ का सुमनकुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका–४ का राहुलकुमार जयसवालविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो । उनीहरूविरुद्ध १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको जरिवाना र कैद सजायको मागदाबी गरिएको विभागले जनाएको छ । विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको भए पनि आज सार्वजनिकरूपमा जानकारी दिएको हो ।
विभागका अनुसार उनीहरूले मूल्य अभिवृद्धि करतर्फ एक करोड ७१ लाख ३२ हजार एक सय ७० रूपैयाँ, आयकरतर्फ तीन करोड ७५ लाख १९ हजार एक सय ६८ रूपैयाँ गरी पाँच करोड ४६ लाख ५१ हजार तीन सय ३८ रूपैयाँ राजस्व छली गरेका थिए । विभागले बिगोको दोब्बरबराबरको सजायको मागदाबी गरेको हो । त्यसअनुसार आरोपीमाथि १० करोड ९३ लाख दुई हजार छ सय ७६ बराबरको सजायको माग गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया