भूकम्पपीडित लाभग्राहीलाई भुक्तानी गर्न १६ करोड बढी रकम अपुग
सोलुखुम्बु । मापदण्डअनुसार निजी आवास निर्माण गरेका माथिल्लो सगरमाथाका तीन जिल्लाका भूकम्पपीडित लाभग्राहीलाई भुक्तानी गर्न १६ करोड ३१ लाख रूपैयाँ अपुग भएको छ । ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाका लाभग्राहीलाई भुक्तानी गर्न रकम अपुग भएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुंगाले यी तीनै जिल्लाका लाभग्राहीलाई अनुदान रकम उपलब्ध गराउँदै आएको छ । सघन सहरी तथा भवन निर्माण विभागले लाभग्राहीलाई वितरण गर्न पर्याप्त बजेट नपठाएको भवन कार्यालयको भनाइ छ ।
कार्यालयका अनुसार ओखलढुंगामा २८ हजार ३३ लाभग्राहीमध्ये एक हजार एक सय पाँच जनाले पहिलो किस्ता, दुई हजार पाँच सय १० जनाले दोस्रो किस्ता र दुई हजार सय ९१ जनाले तेस्रो किस्ता अनुदान लिन बाँकी छ । सोलुखुम्बुमा १३ हजार नौ सय २६ जना लाभग्रागीमध्ये पाँच सय ९४ जनाले पहिलो किस्ता, एक हजार चार सय १८ जनाले दोस्रो किस्ता र एक हजार सात सय ४२ जनाले तेस्रो किस्ता लिएका छैनन् । यस्तै खोटाङ जिल्लामा रहेका १० हजार नौ सय ४४ लाभग्राहीमध्ये छ सय ४३ जनाले पहिलो किस्ता, एक हजार पाँच सय ४४ जनाले दोस्रो किस्ता र एक हजार दुई सय ८९ जनाले तेस्रो किस्ता लिन बाँकी छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
- भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया