कृषि विकास बैंकको न्युरोड शाखा घोटाला प्रकरण :
विशेष अदालतद्वारा रेग्मी र थापालाई जरिवाना तथा कैद अन्यलाई सफाइ
काठमाडौं । कृषि विकास बैंकको तत्कालीन न्युरोड शाखा घोटाला प्रकरणमा संलग्न भएको अभियोग लागेका व्यक्तिहरुलाई विशेष अदालतले जरिवाना तथा कैदको फैसला गरेको छ । विशेष अदालतले उक्त शाखाको टेलर दिपिका रेग्मीलाई आठ वर्ष कैद एवं तीन करोड ९२ लाख ४४ हजार सात सय ४७ रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
सोही प्रकरणमा संलग्न रमेश थापालाई पनि चार वर्ष कैद ३१ लाख ६८ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । तत्कालीन समयमा कृषि विकास बैंकको न्युुरोड शाखामा कार्यरत शाखा प्रमुख गोपाल गिरी, कर्जा विभागका प्रमुख महेश्वर मरहठ्ठा, बैंकमा कार्यरत सहायक टेलर दीपिका रेग्मी, रमेश विष्ट र शाखा प्रबन्धक प्रेमहरि ढुंगेलमाथि चार करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको आरोप लागेको थियो ।
सोही अभियोगकोअन्तर्गतको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रेग्मी र थापालाई पक्राउ गरेको थियो । झण्डै पाँच करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको अभियोगमा ती व्यक्तिहरुलाई पक्राउ गरिएको थियो ।
सीआईबीका अनुसार अनुसन्धानको क्रममा ती व्यक्तिहरु बैंकको रकमलाई पेष्डिङमा देखाई घोटाला गरेको देखिएको थियो । सोही अभियोगमा पक्राउ परेका रेग्मी र थापाविरुद्धको मुद्दाको विशेष अदालतले यही भदौ ७ गते फैसला गरे पनि उनीहरुले गरेको कसुरको निर्धारण भने सोमबार मात्र गरेको हो ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया