डल्लुमा ‘भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हल’ शिलान्यास
काठमाडौं । काठमाडौंको डल्लु आवास क्षेत्रमा निर्माण हुने बहुउद्देश्यीय कभर्ड हल शिलान्यास गरिएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उक्त कभर्ड हलको शनिबार शिलान्यास गरेका हुन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा निर्माण हुने ‘भूकम्प स्मृति बहुउद्देश्यीय कभर्डहल’को शनिबार काठमाडौं–१५ स्थित डल्लु आवास क्षेत्रमा शिलान्यास गरिएको हो । साढे चार करोड लागतमा बन्ने कभर्ड हलमा राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता तथा तालिमहरु सञ्चालन गर्न सकिनेछ ।
बहुउद्देश्यीय कभर्डहल छ रोपनी जग्गामा निर्माण हुनेछ । कभर्ड हलमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस खेलका साथै ध्यान, योग, सेमिनार जस्ता कार्यक्रम सञ्चालन गर्न समेत सकिनेछ । स्थानीय स्तरमा खेलाडी उत्पादनमा पनि कभर्डहल सहयोगीसिद्ध हुने बताइएको छ । कभर्ड हल नौ महिनाभित्र सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
- तलब, पेन्सन र सामाजिक सुरक्षाको रकम वृद्धि सरकारका लागि घाँडो
- २१ सय ११ बिन्दुमा खुम्चियो सेयर बजार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया