त्रिवि अर्थशास्त्र विभागले हरेक वर्ष अन्तर्राष्ट्रियस्तरको ‘अर्थशास्त्र सम्मेलन’ गर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले हरेक वर्ष अन्तर्राष्ट्रियस्तरको अर्थशास्त्र सम्मेलन गर्ने भएको छ । विश्वविद्यालयको अर्थशास्त्र विभागले मंगलबारदेखि राजधानीमा आयोजना गरेको अर्थशास्त्रसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनमा हरेक वर्ष असोज ४ देखि ६ गतेसम्म यसस्तरको सम्मेलन आयोजना गर्ने जानकारी दिएको हो ।
अर्थशास्त्र विभागले ६३ वर्षे इतिहासमा पहिलोपल्ट यस किसिमको सम्मेलन आयोजना गरेको थियो । पहिलो दिन विभाग प्राङ्गणमा विशेष कार्यक्रमसहित सुरु भएको सम्मेलनको दोस्रो तथा तेस्रो दिन दुईवटा प्यानल छलफल र छवटा समानान्तर प्रस्तुतीकरण सत्र सञ्चालन भएको थियो । यी प्यानल छलफल र समानान्तर सत्रमार्फत नेपाली, क्षेत्रीय तथा विश्व अर्थतन्त्रका विविध आयाम जानकारीमा आएको तथा नयाँ एजेन्डा अघि सारिएको विभाग प्रमुख प्राडा शिवराज अधिकारीले बताए । सम्मेलनमा ६० भन्दा धेरै अर्थशास्त्री तथा अर्थतन्त्रका जानकारले आफ्ना धारणा प्रस्तुत गरेका थिए । असोज ४, २०१६ मा नेपालमा पहिलोपल्ट स्नातकोत्तर तहमा अर्थशास्त्र विषयको पढाइ सुरु भएको र सोही दिनलाई हरेक वर्ष अर्थशास्त्र दिवस मनाउन थालिएको विभागका प्रमुख अधिकारीले बताए ।
सम्मेलनले केन्द्रीय अर्थशास्त्र विभागको ऐतिहासिक उपलब्धि तथा लिगेसीलाई संस्थागत गरी तिनलाई निरन्तरता दिनेछ । विभाग प्रमुख अधिकारीले देशको अर्थतन्त्र पहिचान तथा विश्लेषणमार्फत भविष्यमा विभागलाई नेतृत्वदायी संस्था बनाउन सम्मेलनले दिशानिर्देश गर्ने बताए । यस्तै सम्मेलनले नयाँ खोजकर्ता तथा अर्थतन्त्रका अध्येतालाई पनि उत्तिकै स्थान र पहिचान दिएको अधिकारीको दाबी छ । यस वर्षको सम्मेलन विभाग स्थापनाकालदेखि प्राध्यापक तारा पद चौधरीले निःस्वार्थ सेवामार्फत गरेको योगदानको चर्चामार्फत सुरु भएको थियो । चौधरीले विभागमा ४३ वर्ष स्वयंसेवी भूमिकामा रहेर काम गरेका थिए । पहिलो सम्मेलनमा चौधरीको विशेष सम्झना गरिएको हो । यो वर्षको सम्मेलनमा अतिकम विकसित राष्ट्रको सूचीबाट नेपाललाई स्तरोन्नतिका एजेन्डा र २१औँ शताब्दीमा दक्षिण एसियाको क्षेत्रीय इन्टिग्रेसनमा प्यानल छलफल आयोजना गरिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया