Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआर्थिक असमानता, बेथिति र भ्रष्टाचारको विरुद्ध लड्न राजनीतिमा

आर्थिक असमानता, बेथिति र भ्रष्टाचारको विरुद्ध लड्न राजनीतिमा


काठमाडौं । आगामी मंसिर ४ मा हुने संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ बाट नेकपा एमालेकातर्फबाट उम्मेदवार बनेका नेपाल प्रहरीका पूर्वप्रहरी प्रमुख समेत रहेका सर्वेन्द्र खनालले आर्थिक असमानता, बेथिति र भ्रष्टाचारको विरुद्ध लड्न राजनीतिमा आएको बताएका छन् । आफू सानैदेखि न्याय, शान्ति, सुशासन र समृद्धिको लागि विद्रोह गर्दै आएको र त्यो विद्रोहलाई मूर्तरूपमा दिनको लागि निर्णायक तहमा आउनुपर्ने भएकाले राजनीतिमा होमिएका उनले बताए ।

चुनावको मिति नजिकिँदै गर्दा केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खनालले मुलुकमा बढ्दै गएको, बेथिति, व्यभिचारी र भ्रष्टाचारको विषयमा तीव्र आक्रोश पोखे । ‘जताततै बेथिति छ, भ्रष्टाचार छ, कोही कसैको नियन्त्रणमा छैन, मूल्यवृद्धि छ, यसलाई नियन्त्रण गर्ने कसले ? शान्त, समुन्त, समृद्ध र सुशासनयुक्त मुलुक निर्माणको लागि म केही गर्न सक्छु, मेरो योगदान रहन सक्छ भनेर नै आफू एमालेमार्फत राष्ट्रिय राजनीतिमा होमिएर चुनावी मैदानमा उत्रिएको उनले बताए । कतिले भन्नुहोला सर्वेन्द्र एक्कासि राजनीतिमा आयो, तर त्यो होइन, मेरो पारिवारिक पृष्ठभूमि नै राजनीति हो, म विद्यार्थी जीवनदेखि नै कुनै न कुनै रूपमा राजनीतिक गतिविधिहरूमा संलग्न थिएँ । सबै कुराको लागि एउटा उचित समय आउनुपर्नेरहेछ, मलाई लाग्छ मेरो लागि राजनीति गर्ने उचित समय अहिले आएछ, त्यही भएर म राष्ट्रिय राजनीतिमा आएँ’, उनी भन्छन् ।

आफूले ३० वर्ष नेपाल प्रहरीमा रहेर देशको सेवा गरेको र त्यो सेवाले पनि अझ मलाई आम नेपाली जनताको आर्थिक विकास र समृद्धिमा नजिक रहेर, जोडिएर काम गर्नुपर्छे भन्ने भावना जागृत गराइरह्यो । त्यही भावना र आफ्नो दृढ इच्छाशक्तिले गर्दा राष्ट्रियमा राजनीतिमा होमिएको उनले बताए । नेपाल प्रहरीमा रहँदा अपराध नियन्त्रणको लागि आफूले चालेका कदमहरू, सीसीटीभी जडान, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रणमा शून्य सहनसिलतालगायतका कार्यले अहिले धेरैहदसम्म समाज शान्त रहेको बताउँदै उनले उनले भने, ‘यी र यस्तै जनतासँग प्रत्यक्षरूपमा जोडिएका सेवा र आर्थिक विकासलाई आम नेपाली जनताको घरदैलोसम्म पु¥याउनको लागि राष्ट्रिय राजनीतिमा आएको हुँ ।’

आफूमा कुनै पनि राजनीतिक दलप्रति आग्रह पूर्वाग्रह नभएको भन्दै राजनीति विशुद्धरूपमा देश र जनताको लागि, राष्ट्रिय हितको लागि हुनेपर्ने उनले बताए । अहिले राजनीति आफ्नो दल, आफ्ना नेता तथा कार्यकर्ता र आफन्त भाइसाथीको लागि हुनेगरेको भन्दै यस्तो राजनीतिबाट माथि उठेर विशुद्ध जनताको लागि राजनीति गर्नुपर्ने उनले बताए । व्यक्तिगत स्वार्थबाट प्रेरित भएर गरिने कुनै पनि राजनीतिले देशको विकास गर्न नसक्ने भन्दै राष्ट्रिय हित र आर्थिक विकासको लागि सबैले त्याग गर्नुपर्ने उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया