‘एनआरएन नेपाल डेभलप्मेन्ट फन्डँलाई अघि बढाउन सरकारसँग आग्रह
काठमाडौं,गैरआवासीय नेपाली संघले ‘एनआरएन नेपाल डेभलप्मेन्ट फन्ड’लाई अघि बढाउन सहयोग गर्न सरकारसँग आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलबीच सोमबार भएको भेटमा संघका अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’लाई अघि बढाउन कानुनी र व्यावहारिक कठिनाइ परेको भन्दै उक्त कठिनाइलाई तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन् ।
यस्तै उनले विदेशमा रहेका बहुसंख्यक नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने, विदेशमा कामका सिलसिलामा अङ्गभङ्ग भएका नेपालीलाई स्वदेश फिर्ता गर्नुका साथै उनीहरूका परिवारलाई आर्थिक सहायतासहित पुनः एकीकरणलगायतका विषयमा नेपाल सरकारले पहलकदमी लिनुपर्ने माग गरे । संघका कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म संघले गरीआएको काम, नेपाल सरकारको तर्फबाट सम्बोधन भईआएका विषयहरू र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानुनी सुधार सम्बन्धमा संघको तर्फबाट धारणा राखेकी थिइन् ।
यस्तै, संघका अर्का अध्यक्ष कुल आचार्यले संघले उठाएको गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न आग्रह गरे । ‘एक पटकको नेपाली सदैव नेपाली’ हुने भन्दै अध्यक्ष आचार्यले विविध कारण अन्योलमा परेको नागरिकताको विषयलाई यथाशक्य छिटो टुंगो लगाउन आग्रह गरेका थिए ।
जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका लाखौँ नेपालीहरूको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘विदेशमा लाखौँ नेपालीहरू छन्, मैले मेरो दोस्रो कार्यकालसम्म एनआरएनएले उठाएका मागहरू सम्बोधनका लागि प्रयास गरे र अब मेरो तेस्रो इनिंग्समा विदेशमा बस्ने बहुसंख्यक नेपालीको मन जित्छु ।’ यस्तै उनले नेपालमा विद्यमान कतिपय कानुनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई नेपाल सरकारले क्रमशः सच्याउँदै आएको र अबको दिनमा पनि कानुनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने बताए । ‘नेपालका कतिपय परम्परागत ऐन कानुन छन्, जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको छ, तपाईँहरूलाई विश्वस्त पार्न चाहान्छु कि, म त्यस्ता खालका पर्खाललाई भत्काउनेछु’, उनले भने ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया