वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा भण्डारी निर्वाचित
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको २९औँ साधारणसभामा भण्डारी एक सय ९९ मत ल्याई अध्यक्ष पदमा विजयी भएका हुन् । संघका सातवटा पदाधिकारीमा पाँचवटामा मञ्च विजयी भएको हो ।
अध्यक्षका अन्य प्रत्यासीमा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसनका अध्यक्ष कुमुद खनालले एक सय ५७ र लोकतान्त्रिककै भुवन सिंह गुरुङले एक सय ५७ मत प्राप्त गरे । माओवादी निकट व्यवसायी ईश्वरबहादुर जिसीले एक सय २१ मत प्राप्त गरे । भण्डारी गत चैत १२ गते मञ्च नेपालको अध्यक्षमा पनि निर्वाचित भएका थिए । संघको प्रथम उपाध्यक्षमा भने मञ्चका डिक बहादुर खत्री कुमार निर्वाचित भएका छन् । उनले दुई सय ५३ मत पाएका छन् । एसोसिएसनका किशोर केसीले एक सय ९६, धनलाल जैसीले एक सय ४२ र सुरज कुमार घुण्डेले १५ मत पाएका छन् । द्वितीय उपाध्यक्षमा मञ्चका उम्मेदवार सञ्जु गुरूङ दुई सय ६३ मत ल्याई विजयी भएका छन् । प्रतिस्पर्धी भुवनसिंह गुरूङ प्यानलका महमद जवाहरदिन मियाँले एक सय २२, लोकतान्त्रिक एसोसिएसन प्यानलका अख्तर हुसेनले एक सय दुई र गणतान्त्रिक समाजवादी प्यानलका बाबुराम खड्काले ९६ मत पाएका छन् ।
तृतीय उपाध्यक्षमा मञ्चका उम्मेदवार रोशन कटुवालले एक सय ९२ मत ल्याई विजयी भएका छन् । प्रतिस्पर्धी सञ्जय पनेरुले एक सय ५७, मोहन कुमार ढुंगेलले एक सय २३ र अनिल बोगटीले एक सय २६ , अम्बरबहादुर न्यौपानेले १३ मत पाएका छन् । यता महासचिवमा लोकतान्त्रिक प्यानलका मेघनाथ भुर्तेल दुई सय ६३ मत ल्याई निर्वाचित भए । अन्य प्रतिसपर्धी मञ्चका उम्मेदवार मिलन कट्टेलले एक सय ८३ र मधुकर रिजालले एक सय ५६ मत पाएका छन् । सचिवमा लोकतान्त्रिक प्यानलका कर्णराज कटुवाल दुई सय ४१ मत ल्याई निर्वाचित भए । अन्य प्रतिस्पर्धी मञ्चका राजेन्द्र अधिकारीले एक सय ४१, टक्करबहादुर पाख्रिनले ९४, गोमा गिरी क्षेत्रीले ४९, हर्क लिम्बुले ३७ र प्रेमराज लावतीले ३९ मत पाएका छन् । कोषाध्यक्षमा मञ्चकी सरिता घले दुई सय २८ मत ल्याई निर्वाचित भएकी छन् । प्रतिस्पर्धी हिमा गुरूङले एक सय ४६, हिरादेवी बुढाथोकीले एक सय दुई, केदारनाथ अधिकारी दिपेन्द्रले एक सय ३७ र सरस्वती सुवेदीले दुई मत प्राप्त गरिन् ।
यसैगरी कार्यसमिति सदस्यमा राजेन्द्र बस्नेतले दुई सय ९१, विक्रम श्रेष्ठले दुई ४६, देवमाया थापाले दुई ४५, बैकुण्ठ प्रसाद पौडेलले दुई ३२, कैलाश पाठकले दुई सय ३०, देउमान नेम्वाङले दुई सय २४, आनन्द कोइरालाले दुई सय १८, नारायण भुसालले दुई सय १७, तोरणबहादुर कार्कीले दुई १२ र चन्द्र बहादुर लिम्बूले दुई १० मत ल्याई निर्वाचित भएका छन् । नवनिर्वाचित भण्डारीले वैदेशिक रोजगार र वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउने बताए । श्रमिक र व्यवसायीलाई समस्या नहुने गरी अबको दिनमा काम गर्नुपर्ने आफ्नो दायित्व रहेको उनले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया