बैंकहरूले छ महिनामा कमाए ३१ अर्ब पाँच करोड ३४ लाख २२ हजार
१२ वटाको नाफा बढ्दा सातवटाको घट्यो, कृषि विकास बैंक खुद नोक्सानीमा
काठमाडौं । बैंकहरुले चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा ३१ अर्ब पाँच करोड ३४ लाख २२ हजार तीन सय २० रुपैयाँ खुद मुनाफा कमाएका छन् । यो नाफा अघिल्लो आवको सोही अवधिको तुनामा झण्डै दुई प्रतिशत अर्थात् एक अर्ब रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकहरुको यस्तो नाफा ३० अर्ब ११ करोड ६९ लाख ९३ हजार एक सय १० रुपैयाँ थियो ।
बैंकहरुले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा १२ वटा बैंकहरुको खुद मुनाफा बढेको छ भने सातवटा बैंकहरुको खुद मुनाफा घटेको छ । सरकारी स्वामित्वका तीनवटा बैंकहरुमध्ये चालू आवको दोस्रो त्रैमासिकमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले नाफा कमाए पनि कृषि विकास बैंकले भने १२ करोड रुपैयाँभन्दा बढीको खुद नोक्सानी व्यहोरेको छ । चालू आवको दोस्रो त्रैमासिकमा नबिल, एनआईसी एसिया, ग्लोबल आईएमई बैंक, एनएमबी, स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, सानिमा, नेपाल एसबीआई, लक्ष्मी, माछापुच्छे«, हिमालयन र सिभिल बैंकको खुद मुनाफा बढेको देखिए पनि प्राइम कमर्सियल, प्रभु, नेपाल बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंकको खुद मुनाफा भने घटेको देखिएको छ ।
चालू आवको दोस्रो त्रैमासिकमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ भने सबैभन्दा कम नाफा सिभिल बैंकले कमाएको छ । नबिलले पछिल्लो छ महिनामा तीन अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा सिभिल बैंकले जम्मा ६३ करोड ७० लाख २२ हजार रुपैयाँ मात्र खुद मुनाफा कमाएको थियो । गत आवको सोही अवधिमा भने नबिलले दुई अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा सिभिलले ५० करोड ४० लाख एक हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । एनआईसी एसिया भने चालू आवको दोस्रो त्रैमासिकमा तीन अर्ब २७ करोड ३३ लाख ३० हजार दुई सय ६० रुपैयाँ खुद मुनाफा कमाउको आधारमा बढी नाफा कमाउने दोस्रो ठूलो बैंक बनेको छ ।
गत आवको सोही अवधिमा एनआईसीको यस्तो नाफा दुई अर्ब ४० करोड २० लाख ६६ हजार रुपैयाँ रहेको थियो । ग्लोबल आईएमई भने चालू आवको दोस्रो त्रैमासिकमा दुई अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएकामा आधारमा बढी नाफा कमाउने तेस्रो ठूलो बैंक बनेको छ । गत आवको सोही अवधिमा ग्लोबलको यस्तो नाफा दुई अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ रहेको थियो । बढी नाफा कमाउने चौथो ठूलो बैंक बन्न सफल भएको राष्ट्रिय वाणिज्य बैंकले चालू आवको दोस्रो त्रैमासिकमा दुई अर्ब ७१ करोड १८ लाख ५१ हजार छ सय रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकको यस्तो नाफा एक अर्ब ९१ करोड १९ लाख पाँच हजार रुपैयाँ रहेको थियो । एनएमबी बैंक भने चालू आवको दोस्रो त्रैमासिकमा एन अर्ब ९० करोड ११ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा कमाएको आधारमा बढी नाफा कमाउने पाँचौँ ठूलो बैंक बन्न सफल भएको छ ।
गत आवको सोही अवधिमा एनएमबीको यस्तो नाफा एक अर्ब ७१ करोड १५ लाख १९ हजार रुपैयाँ रहेको थियो । यीबाहेक स्ट्यान्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, एभरेष्ट, सानिमा र प्रभु बैंकको खुद मुनाफा भने एक अर्ब १९ करोडदेखि एक अर्ब ७५ करोड रुपैयाँको हाराहारीमा रहेको थियो । गत आवको सोही अवधिमा यी बैंकहरुको यस्तो नाफा ८३ करोड ८९ देखि एक अर्ब ६७ करोड रुपैयाँको हाराहारीमा रहेको थियो ।
नेपाल एसबीआई, नेपाल बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक र माछापुच्छे« बैंकको चालू आवको दोस्रो त्रैमासिक अवधिको खुद मुनाफा भने एक अर्ब दुई करोडदेखि एक अर्ब १७ करोड रुपैयाँको बीचमा रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरुको यस्तो नाफा ७८ करोड २७ लाखदेखि एक अर्ब ५७ करोड रुपैयाँको हाराहारीमा रहेको थियो ।
चालू आवको दोस्रो त्रैमासिक अवधिमा हिमालयन, सिटिजन्स इन्टरनेशनल र सनराइज बैंकको खुद मुनाफा भने ६५ करोड ३९ लाखदेखि लिएर ९५ करोड ४७ लाख रुपैयाँको हाराहारीमा रहेको छ । गत आवको सोही अवधिमा भने यी बैंकहरुको यस्तो नाफा ७३ करोड ५५ लाख रुपैयाँदेखि एक अर्ब २३ करोड रुपैयाँको बीचमा रहेको थियो । चालू आवको दोस्रो त्रैमासिक अवधिमा कृषि विकास बैंकले भने १२ करोड ८९ लाख ३३ हजार पाँच सय ७० रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने उक्त बैंकले एक अर्ब ४२ करोड २५ लाख १२ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया