Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाको उच्च जोखिममा दोधारा चाँदनी

कोरोनाको उच्च जोखिममा दोधारा चाँदनी


कञ्चनपुर,चैत २४

विश्वभरमा कोरोना भाइरसको संक्रमणले आतंक मञ्चाइरहेको छ । संसारभरका एकतिहाइ भन्दाबढी राष्ट्रहरुमा कोरोनाको संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि लकडाउन आह्वान गरिएको छ । नेपाल पनि कोरोना रोगको संक्रमणको जोखिम न्यूनिकरण गर्न भन्दै लकडाउन गरिएको छ तर पश्चिम सिमामा अझैपनि भारतमा मजदुरी गर्न गएका दाजुईहरु फर्किने क्रम दिनप्रतिदिन बढ्ने लर्को लागिरहेको छ । विश्वभरमा फैलिरहेको कोरोनाको जोखिमले कञ्चनपुरको महाकाली नदि पारीको क्षेत्र दोधारा चाँदनी अथवा अहिलेको महाकाली नगरपालिका निकै जोखिममा परेको छ । महाकाली नगरपालिका भारतसंग रहेको खुला सीमा रहेको र भारत गएकाहरु घर फर्किन गड्डाचौकी नाका प्रयोग गर्न आएका तर उक्त नाका बन्द भएका कारण चोरी चोरी खटिमाबाट दोधारा चाँदनीको बाटो प्रयोग गरिनुले उक्त क्षेत्र जोखिममा रहेको स्थानियको भनाई छ । ‘यस क्षेत्रमा चेकजाँचका लागि इन्फ्रारेड थर्मामिटर पनि छैन, जुन क्षेत्रबाट लुकीछिपी हजारौ व्यक्ति आइरहेका छन् । संक्रमणको जोखिम निकै बढेको छ’, स्थानीयले भने ।

क्वारेन्टाइन र आइसोलेसन नै छैन

कोरोना भाइरसको शंकास्पद व्यक्ति देखिएमा अथवा, बाहिरबाट आएका व्यक्तिहरुलाई १४ दिन राख्नका लागि बनाइने क्वारेन्टाइन महाकाली नगरपालिकाले हालसम्म पूर्ण स्रोतसाधन पु¥याएर तयार पार्न सकेको छैन । हालसम्म भानु माध्यमिक विद्यालय र मालिका माध्यमिक विद्यालयलाई क्वारेन्टाइनका लागि व्यवस्थापन गरिएको बताएको छ । यसका साथै वडा नम्बर ५, ८ ,९ र १० मा रहेका विद्यालयमा क्वारेन्टाइनको लागि तय गरिएको छ । तर उक्त क्वारेन्टाइनमा हाल सम्म पूर्ण रुपमा व्यवस्थित गर्न सकिएको छैन । क्वारेन्टाइनको उचित व्यवस्थापनको लागि प्रयास भइरहेको महाकाली नगरपालिकाका नगरप्रमुख वीर बहादुर सुनारले बताए । यस्तै नगरपालिकामा एउटापनि आइसोलेशनको व्यवस्था हुन सकेको छैन । भानु मा वि को क्वारेन्टाएनमा ५० वटा बेडको व्यवस्थापन भएरहेको बताइएको छ । भने मालिका मा वि मा १० जनालाई राखिएको छ ।

स्वास्थ्य अवस्था नाजुक, सामग्री अभाव
महाकाली नगरपालिकामा रहेको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोनाको परीक्षण तथा सामान्य रुखाखोकी लाग्दा चाहिने औषधि लगायत सिटामोल समेत स्वास्थ्यसंस्थामा प्रयाप्त मात्रामा नरहेको अस्पतालका मेडिकल अधिकृत तथा स्वास्थ्य केन्द्रका प्रमुख गगन राज चौधरीले बताए ।
उनका अनुसार अस्पतालमा हाल सामान्य रुपमा औषधिहरु भएपनि कोरोनाका लागि चाहिने न्युनतम सामग्रीहरु पर्याप्त मात्रामा छैन । अस्पतालमा मास्क, गाउन सेट, सुरक्षा कवच, क्लोज, सेनिटाइजर, पीपीइको अभाव रहेको उनले बताए ।हाल नगरपालिका संग ६ वटा स्वास्थ्य संस्थामा ५२ वटा स्वास्थ्यकर्मीहरु कार्यरत रहेका छन् । यसले नगरपालिकाको खुलासिमानामा भारतबाट आउने हुल समुहलाई चेकजाँच गर्न ग्राहे हुने बताउँछन् । ‘स्वास्थ्य केन्द्रमा हाल अत्यावश्यक औषधिको अभाव रहेको छ, अबको एक दुई दिनमै औषधिको अभाव हुने र सीटामोलको समेत अभाव रहने देखिन्छ’ डाक्टर चौधरीले भने ‘स्वास्थ्य सेवामा सामग्रीहरुको पनि अभाव नै रहेको देखिन्छ, मास्क र स्यानेटाइजरको समस्या रहेको छ आइसोलेशन नै छैन । खुला सिमानामा कारण चुनौती बढेको, आउने क्रम अझै नरोकीदाँ अझ समस्या बढेको छ ।’

खाद्यान्न अभाव हुदैँ मूल्य दोब्बर

चारैतिरका नाका बन्द भएपछि महाकाली नगरपलालिकामा खाद्यान्न अभाव हुन थालको स्थानीयहरुले बताए । सधैँ महेन्दनगरबाट वा खटिमाबाट खाद्यान्न आपूर्ति भइरहने महाकाली नगरपालिकाका चारैतिरका नाका बन्द भएपछि आयात ठप्प भएपछि यस क्षेत्रमा खाद्यान्न अभाव हुन थालेको छ ।खाद्यान्न अभाव हुन थालेपछि उक्त क्षेत्रमा खाद्यान्नको मुल्य बढेर दोब्बर पुगेको छ । स्थानीय भानु मा वि मा शिक्षण गरिहेका शिक्षक सुरेश गिरीले महँगी बढेर छोइनसक्नु अवस्थामा पुगेको बताए । उनका अनुसार ४० रुपैयाँमा पाइने आलुको मुल्य बढेर ८० रुपैया पुगेको बताए । यस्तै विभिन्न तरकारीजन्य वस्तुको मुल्य बढेर दोब्बर पुगेको उनले बताए ।महाकाली नगरपालिकाका नगरप्रमुख वीर बहादुर सुनारले वस्तुहरु भित्रिने सबै नाका बन्द भएपछि मुल्य बढ्नु स्वभाविक भएको बताए । उनले महेन्द्रनगर वा खटिमा जान आउन बन्द भएपछि उक्त क्षेत्रमा मंहँगी बढेको उनले बताए । उनले सरकारलाई गड्डाचौकी नाका खोली दिन समेत आग्रह गरेका छन् । उनले यस कारणले कि त नाका खोलिदिन वा महेन्द्रनगरकै सुविधा भएको अस्पताल दोधारामै व्यवस्थापन गर्न आग्रह समेत गरेका छन् । उनले बिहान ५ बजेदेखि ७ बजेसम्म खुल्ने महेन्द्रनगर बजारबाट आफूहरुलाई खाद्यान्न ल्याउन समेत सम्भव नहुने बताए । हाल महाकाली नगरपालिका जाने महाकाली नदी माथी रहेका वनबासा पुल र झोलुङ्गे पुल दुबै बन्द गरिएइका छन् । जसले आवतवावत र आद्यान्न ओसारप्रसार गर्न असहज भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया