Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजारको पानीको मूल्य तत्काल नबढ्ने

जारको पानीको मूल्य तत्काल नबढ्ने


काठमाडौं ।
जारको पानीको मूल्य तत्काल नबढ्ने भएको छ । यसअघि नेपाल बोटल वाटर उद्योग संघले एकतर्फीरूपमा असोज १८ गतेदेखि जारको पानीको मूल्यवृद्धि गर्न परिपत्र गरेपछि व्यवसायीहरूले जारको पानीको मूल्य बढाएका थिए ।

आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पानी व्यवसायीसँग छलफल गरेको थियो । विभागमा सोमबार भएको छलफलमा बढेको मूल्य फिर्ता गरी तत्काल मूल्यवृद्धि नगर्ने सहमति भएको छ । संसदीय समितिमा पानीको मूल्यवृद्धिको विषयमा परेको उजुरीमाथि थप निर्णय नभएसम्म मूल्यवृद्धि नगर्ने सहमित भएको विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार विभागले संघले गरेको परिपत्र भेटेपछि संघका पदाधिकारीसँग छलफल गरी संसदीय समितिको निर्देशनपछि थप अध्ययन गर्नेगरी सहमति गरिएको हो । ‘हामी निरन्तर बजार अनुगमनका नै हुन्छौँ, तत्काल पानीको बोतल तथा जारमा गरिएको मूल्यवृद्धि फिर्ता नभए कारबाही गर्नेछौँ’, उनले भने, ‘हामीले व्यवसायीलाई नै भनेका छौँ, यदि आजबाट पुरानै मूल्यमा प्रशोधित पानीको बिक्रीवितरण नभए तत्काल पक्राउ गरेर कालोबजारी मुद्दा दर्ता गर्छौं ।’ बजारमा उद्योगअनुसार पानीको मूल्य कायम भएको भन्दै मूल्यमा एकरूपता ल्याउन भन्दै भदौ १० गतेदेखि काठमाडौँ उपत्यकासहित काभ्रेपलाञ्चोकमा पानीको नयाँ मूल्य निर्धारणको तयारी गरिएको थियो ।

बजारमा कायम भएकोभन्दा बढी मूल्य निर्धारण भएको भन्दै उपभोक्ता अधिकारकर्मी तथा व्यवसायीले संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा उजुरी गरेका थए । समितिमा उजुरी परेपछि पानीको नयाँ मूल्य लागूू गरिएको थिएन भने उजुरीमाथि थप कारबाहीसमेत भएको छैन । उपभोक्ता समितिका सभापति विमलप्रसाद श्रीवास्तव पानीको विषयमा समितिले अध्ययन गरीरहेको भन्दै नयाँ लागू भएको मूल्य तत्काल रोकी पुरानै मूल्य कायम गर्नुपर्ने बताए । चार्डपर्वमा बजारमा हुने कालोबजारी तथा अनुचित क्रियाकलापको अनुगमन गर्न पाँच सदस्यीय उपसमिति गठन गरिएको छ ।

विभागले बोतलको पानी र जारको पानीको छुट्टाछुट्टै मूल्य निर्धारण गरेको थियो । विभागले निर्धारण गरेको नयाँ मूल्यअनुसार ६० लिटर पानी भएको जारको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ र एक लिटर पानी भएको बोतलको मूल्य १६ रुपैयाँ कायम गरेको थियो । नयाँ निर्धारणअनुसार व्यवसायीले १८ गतेदेखि एक जार पानीको मूल्य ५० रुपैयाँमा बिक्री गरेका थिए । १८ गतेअघिसम्म प्रतिजार २५ रूपैयाँदेखि ५० मा बिक्री गर्ने गरिएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया