Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसवारी कारबाहीबाट छ महिनामा १० लाख बढी राजस्व संकलन

सवारी कारबाहीबाट छ महिनामा १० लाख बढी राजस्व संकलन


महेन्द्र शाही
सोलुखुम्बु, माघ १०
जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले चालू आर्थिक वर्षको छ महिनामा अघिल्लो वर्षको छ महिनामा पाँच लाखभन्दा बढी राजस्व संकलन गरेको छ । अघिल्लो वर्षको पुस महिनासम्म पाँच लाख ५५ हजार राजस्व संकलन गरेको ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको पुस महिनासम्म १० लाख ५७ हजार राजस्व संकलन गरेको हो । अघिल्लो वर्षको यही समयम जम्मा सात सय ८० सवारी कारबाहीमा परेका थिए भने चालू आर्थिक वर्षको पुस महिनासम्म एक हजार पाँच सय १२ वटा सवारी कारबाहीमा परेको ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिए ।

अघिल्लो वर्षको भन्दा यो वर्ष राजस्व र कारबाही संख्या बढनुमा ट्राफिक प्रहरीको जनशक्ति बढ्नु र सवारी चाप बढ्नु रहेको उनको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा अघिल्लो वर्षसम्म दुई जना मात्र कर्मचारी रहेका थिए भने अहिले चार जना ट्राफिक प्रहरी रहेका छन् । चालू आर्थिक वर्षकको पुस महिनासम्म ट्राफिक प्रहरीले सबैभन्दा बढी भदौ महिनामा दुई लाख २३ हजार राजस्व संकलन गरेको छ ।

त्यस्तै साउन महिनामा एक लाख ४६ हजार, असोज महिनामा एक लाख ७४ हजार पाँच सय, कात्तिकमा एक लाख ७२ हजार, मंसिरमा एक लाख ९२ हजार पाँच सय रूपैयाँ संकलन गरेको ट्राफिक प्रहरी पुस महिनामा एक लाख ४९ हजार राजस्व संकलन भएको जनाएको छ । कारबाहीमा पर्ने सवारी साधनहरूमा क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी चालक अनुमति पत्र नभएका, प्रयोजनविपरीत प्रयोग गरिएका र सवारी पोसाक नलगाउनेहरू रहेको ट्राफिक प्रहरीको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x