अमेरिकी बजारमा नेपाली कृषिजन्य उत्पादन चिनाउँदै पैँचो
काठमाडौं । पैँचो पसल प्रा.लिले नेपालको ग्रामीण क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादन अमेरिकी बजारमा उपलब्ध गराएको छ । पैचोले आफ्नो उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पु-याउने उद्देश्यले अमेरिकामा निर्यात सुरुवात गरेको हो ।
पैँचोका उत्पादन अमेरिका पु-याउन न्यूयोर्कमा कार्यालय रहेको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालिमार्फत सहकार्य गरेको छ । अमेरिकामा बस्ने नेपाली तथा अन्य नागरिकहरुका लागि समेत नेपाली उत्पादन चिनाउने र प्रयोग गर्न तयारी बनाउने उद्देश्य रहेको पैँचोका बजार व्यवस्थापक लक्ष्मण गैरेले बताए । ‘हाम्रो उत्पादनको माग बढेको छ, मागअनुसार आपूर्ति गर्न सक्छौँ÷सक्दैनौँ भन्ने महत्वपूर्ण छ’, बजार व्यवस्थापक गैरेले भने, ‘सरकारले हामीलाई निर्यात सहुलियत, कर घटाउने लगायतका सहजीकरण गरिदेओस् भन्ने हाम्रो चाहना हो ।’ अमेरिकाको न्यूयोर्कमा रहेको अग्नि एक्जिमले नेपालमा उत्पादित खाद्यवस्तुलाई आयात गरेर त्यहाँबाट एक्पोर्ट फर्म नेपाल आईएनसीमार्फत अमेरिकाभर वितरण गरिरहेको छ । यी तीनवटै संस्थाको सहकार्यमा कन्टेनरमार्फत पुग्ने विभिन्न नेपाली उत्पादनहरु अमेरिकाका विभिन्न राज्यमा उपलब्ध भइरहेका छन् ।
यसैक्रममा, पैँचोका उत्पादनहरु पनि अग्नि एक्जिममार्फत फेन्सी हाउस इन्कले अमेरिका आयात गरी एक्र्पोट फर्म नेपालमार्फत सबै राज्यमा बिक्री सुरु गरेको छ । गत साता निर्यातका लागि पैँचोले अग्नि एक्जिमसँग सहकार्यका लागि सम्झौता (एमओयू) गरेको छ । ‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूलमन्त्रका साथ सुरु भएको पैँचो पसल प्रालिका उत्पादनप्रति नेपालभरका उपभोक्ताको विश्वास बढ्दो क्रममा छ । यस्तै विदेशमा बसोबास गर्ने आम नेपाली समुदायले पनि रुचाउने आफ्नै जन्ममाटोको स्वादको पारखकै कारण समेत पैँचोले आफ्नो उत्पादनलाई औपचारिक रुपमा अन्तर्राष्ट्रिय बजारमा पु-याउन लागेको बजार व्यवस्थापक गैरेले बताए ।
‘अहिले विदेशमा बस्ने नेपालीले नेपालकै उत्पादनप्रति धेरै चाहना गरिरहेका हुन्छन् । नेपाल आएपछि विदेशमा फर्किँदा थोरै मात्र त्यस्ता उत्पादन साथमा लगे पनि लामो समय विदेशमा बस्दा स्वेदशी खाद्यवस्तुको अभावको महशुस भइरहेको हुन्छ । त्यसैले पैँचोले अहिले नेपालको ग्रामीण स्वादलाई विश्वभर छरिएर रहेका नेपालीमाझ पुर्याउने योजनामा अगाडि बढाइरहेको गैरेले बताए । गुल्मीबाट सुरु भएको पैँचो पसलले गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, जुम्ला, कालिकोटलगायतका जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य पदार्थलाई मात्र खरिद गर्दै आएको छ । जसका कारण ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन र केही मात्रामा भए पनि राष्ट्रिय अर्थतन्त्रलाई जीवन्त राख्न पैँचोका उत्पादनले भूमिका खेलेका छन् ।
यसैगरी विदेशी आयातलाई प्रतिस्थापन गर्न स्वदेशकै ठूला औद्योगिक प्रतिष्ठानहरुलाई पैँचो पसलले औद्योगिक कच्चा पदार्थ उपलब्ध गराइरहेको छ । पैँचोद्वारा प्रशोधित उत्पादन विदेशमा निर्यात हुँदा त्यसको स्वामित्व ती गाउँले किसान परिवारसम्म पुग्छ भन्नेमा पैँचो पसल विश्वस्त रहेको उनले बताए । यस्तै, फेन्सी हाउसका निर्देशक अनिल रौनियारले नेपाली अर्थात् पैँचोको उत्पादन अमेरिकी बजारमा लैजानु भनेको कुनै एक संस्थाको उत्पादनको मनोमानी तोड्ने रहेको बताए । ‘अमेरिकी बजारमा कुनै एक उत्पादन मात्र प्राप्त गर्ने हुँदा उसको मनोमानी छ जसले गर्दा उपभोक्ताले छनौट गरेर सामग्री लिनसक्ने अवस्था छैन’, निर्देशक रौनियारले भने, ‘पैँचोको उत्पादनसँगै उपभोक्ताले उपभोग्य सामग्री छनौट गर्न पाएका छन् भने उत्पादित सामग्री रुचाएका पनि छन् ।’
रौनियारले पैँचोको उत्पादनमा अमेरिकामा अत्यधिक रुचाइएको तथा अमेरिकाले नेपाललाई दिएको भन्सार छुटको सुविधा समेत प्रयोग गरी धेरै नेपाली उत्पादन लैजानु आवश्यक रहेको बताए । पैँचोको उत्पादनमा गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, बाग्लुङ, पर्वत, स्याङ्जा रुकुम, रोल्पा, कालीकोट, जुम्लासम्मका दशौँ हजार कृषक प्रत्यक्ष अप्रत्यक्ष रुपमा आबद्ध छन् । पैँचो पसलले औद्योगिक प्रशोधन गरी विभिन्न स्वादका अचार, विभिन्न प्रकारका जाम, केचप, सस, टोमेटो प्यूरी, भेनगर उत्पादन गरिरहेको छ । यसैगरी परम्परागत खाद्यवस्तु जस्तैः फापरको पीठो, कोदोको पीठो, सिन्की, मस्यौरा तथा जुम्लाको सिमी र पहाडी जिल्लामा उत्पादित मकैको आँटो (च्याँख्ला)लगायतका जस्ता खाद्य वस्तु उत्पादन गर्दै आएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया