कृषिजन्य वस्तु बाहिर पठाउन सडक निर्माण
जाजरकोट । शिवालय गाउँपालिका–२ नेपामा उत्पादन गरिएका कृषिजन्य वस्तु उत्पादन गरी बाहिर जिल्ला पठाउनका लागि सडकको पहुँच विस्तार गर्न लागिएको छ ।
पालिकाको प्रशासकीय केन्द्र सीमाबाट तरकारी उत्पादन भइरहेको नेपासम्म सडक जोड्नका लागि काम जारी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिए । पालिका र कृषि क्षेत्र विकास कार्यक्रमको संयुक्त रुपमा रु. दुई करोड २० लाख लागतमा सडक निर्माण कार्य जारी छ ।
सडकको पहुँच नहुँदा नेपामा उत्पादन भएको तरकारी बाली खेर गएर कृषक मर्कामा परेको भन्दै सडकको पहुँच विस्तार गर्न लागिएको अधिकृत बाँठाले बताए । पालिकाका अन्य ठाउँमा समेत उत्पादन भएका कृषिजन्य वस्तु निर्यात गर्न पालिकाले काम थालेको गाउँपालिकाका उपाध्यक्ष गीता शाहीले बताइन् ।
असार मसान्तसम्म सडक निर्माण कार्य पूरा हुने उपाध्यक्ष शाहीले बताइन् । आर्थिक रुपमा बलियो बनाइ गाउँपालिकाको कृषि क्षेत्रलाई अत्यधिक रुपमा उन्नत बनाउन काम भइरहेको बताइएको छ । गाउँपालिकाको वडा नं. ३ को घोडेछाल, वडा नं. ५ को काउला, वडा नं. ७ को भिउसमा दात्ते ओखरको पकेट क्षेत्र बनाएर काम भइरहेको कृषि शाखाका प्रमुख विश्वमित्र शर्माले जानकारी दिए ।
त्यस्तै गाउँपालिकाको वडा नं. १ को सिस्ने, वडा नं. ५ को मन्देराटोल र वडा नं. ८ को लिसपानीमा भटमासको पकेट क्षेत्र बनाइ भटमास उत्पादनलाई जोड दिइएको छ । यहाँ उत्पादित भटमासको बजारीकरणको काम समेत पालिकाले गरेको उनले बताए ।
केही वर्षअघि बाहिरी जिल्लाबाट बीउ आयात गरेर मकै रोप्ने यहाँका कृषकलाई अहिले तीन वर्षदेखि कृषि शाखाकै पहलमा गाउँपालिकाको वडा नं. ३ स्थित सीमामा मकैको मूल बीउ उत्पादन गरी मूल बीउबाट उन्नत बीउ उत्पादनको काम सुरु गरिएको छ ।
यहाँ उत्पादित उन्तत बीउ बाहिरी जिल्लाबाट माग आएपछि बिक्रीसमेत गर्न सुरु भएको छ । मौसमी र बेमौसमी तरकारी बाली उत्पादन गर्न गाउँपालिकाको वडा नं. २ मा लगानी गर्नुका साथै लगानीअनुसारको प्रतिफलसमेत आएको उनको भनाइ छ । शिवालय–३ घोडेछालमा यस वर्ष आलु उत्पादनका लागि शत प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ ।
त्यस्तै वडा नं. ७ को जुङ्गा थापाचौरमा कन्ये च्याउ उत्पादनसमेत सुरु गरिएको छ । गाउँपालिका भरी खाद्यान्न उत्पादनका हिसाबले राम्रो मानिएको ठाउँमा कृषक समूहको मागमा आधारित हाते ट्याक्टर वितरणसमेत गरिएको छ । त्यस्तै कृषि शाखाकै पहलमा बेमौसमी तरकारी बालीको बीउसमेत वितरण हुँदै आएको छ ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ताजा अपडेट
- कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय
- मुख्यमन्त्री कँडेललाई विश्वासको मत
- आगलागीबाट ७९ घर जले, एकको मृत्यु
- उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
- डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त
- सिटिजन लाइफद्वारा जेन जेड लक्षित कार्यक्रम सञ्चालन
- सय दिनको रोजगारीको लागि १५ हजार बढीको आवेदन
- सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया