Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारमहानगरकाठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन सरकारबीच सहकार्य हुनुपर्छ : बालेन साह

काठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन सरकारबीच सहकार्य हुनुपर्छ : बालेन साह


काठमाडौं । ललितपुर महानगरपालिकाको १०५ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने बताएका छन् ।

उनले दुबै महानगरपालिका काठमाडौं र ललितपुरको परस्पर सम्बन्ध भएको भन्दै महानगरपालिकाको विकास सँगसँगै हुनुपर्ने बताए । उनले त्यसका लागि केही कानुनी अड्चनहरु संघीय सरकारले फुकाइदिनुपर्ने बताए ।

उनले त्यसका लागि केही काम दुबै महानगरपालिकाका मेयर र उपमेयरको तहबाट पनि गर्न सकिने तर केही कानुनी व्यवस्था बाझिएकाले त्यसको बाधा अड्चन फुकाइदिनुपर्ने बताए । विशेष गरी फोहोर व्यवस्थापनको सवालमा संघ सरकारले त्यसमा सहजीकरण गरिदिनुपर्ने उनको भनाइ थियो ।

फोहोर व्यवस्थापन सिसडोल बन्चरे डाँडामा व्यवस्थापन गर्दै आएका कुरा स्थानीय सरकार आफैंले गर्न सक्ने कुरामा बाधा अड्चन परेको भन्दै मेयर बालेनले त्यो कानुनी बाधा अड्चन फुकाइदिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह पनि गरें ।


क्याटेगोरी : महानगर

तपाईको प्रतिक्रिया