Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारदुई गाउँपालिकामा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम

दुई गाउँपालिकामा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम


दोलखा । दोलखाका दुई स्थानीय तहहरूमा खाद्य तथा पोषण सुरक्षा सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्लाको वैतेश्वर र मेलुङ गाउँपालिकामा आगामी आर्थिक वर्षदेखि सो कार्यक्रम सञ्चालन हुन लागेको हो । दुवै गाउँपालिकाका सबै वडामा सो कार्यक्रम सञ्चालन हुन लागेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई सिन्धुपाल्चोकले जनाएको छ । भूकम्प र बाढीपीडित, खाद्य असुरक्षित, विपन्न, सीमान्तकृत दलित र महिलालाई लक्षित गरी सो कार्यक्रम सञ्चालन गरिने आयोजनाका निर्देशक जगन्नाथ तिवारीले बताए । सो कार्यक्रम सञ्चालनको लागि दुवै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीचमा आयोजनाले अन्तत्र्रिmया कार्यक्रम समेत गरेको छ । निर्देशक तिवारीले पालिकाभित्र कृषि तथा पशुजन्य उत्पादन र उत्पादकत्वमा वृद्धि गरी खाद्य सुरक्षामा सहयोग, जलवायु तथा पोषणमैत्री कृषि प्रविधिहरूको अनुशरण र साना कृषकहरूको क्षमता अभिवृद्धि, उत्पादन तथा आयआर्यजनमा वृद्धिलगायतको कार्य गर्न कार्यक्रमले सहयोग गर्ने बताए ।

सो कार्यक्रम सञ्चालनले पालिकाभित्रको भूकम्प र बाढीपीडित, खाद्य असुरक्षित, विपन्न, सीमान्तकृत दलित महिलाहरूलाई ठूलो मद्दत पुग्ने वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले विश्वास व्यक्त गरे । आयोजना क्लस्टर इकाईका वरिष्ठ कृषि अधिकृत राजेशकुमार केसीका अनुसार सबै वडामा प्राथमिकता क्षेत्रको छनोट गरी कार्यक्रम सञ्चालन गरिने छ ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया