Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारव्यवस्थापन संघको बागमती प्रदेश च्याप्टर गठन

व्यवस्थापन संघको बागमती प्रदेश च्याप्टर गठन


हेटौंडा । नेपाल व्यवस्थापन संघले बागमती प्रदेशस्तरीय च्याप्टर गठन भएको छ । हाल केन्द्रिकृत रहेको सेवालाई हरेक प्रदेशमा विस्तार गर्ने योजना अनुरूप बागमती च्याप्टर गठन गरिएको आयोजकले बताएका छन् । यही माघ २५ गते बसेको सदस्यहरूको भेलाले सर्वसम्मतरूपमा सुदर्शन अधिकारीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

यसैगरी उपाध्यक्षमा विजयकुमार वैद्य, सचिवमा तुलसी रिजाल, कोषाध्यक्षमा नुररानी प्याकुर्यालका साथै सदस्यहरूमा प्रधुन्न उपाध्याय, दिपक पराजुली, सांग्रिला श्रेष्ठ, विनोद साह र रवि अग्रवाल छन् ।

विगत चार दशकदेखि व्यवस्थापनको क्षेत्रमा सरकारीदेखि निजी संघसंस्थाहरूलाई व्यवस्थापन शिक्षा, तालिम, परामर्श उपलब्ध गराउनुका साथै यस क्षेत्रमा विशेष अध्ययन तथा अनुसन्धान गर्दै आएको छ ।

संघको कार्यालयको उद्घाटन गर्दै बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले व्यवस्थापन संघको आवश्यकता र औचित्यमाथि थप प्रष्ट पार्दै व्यवस्थापन संघसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताइन् ।

कार्यक्रममा व्यवस्थापन संघका केन्द्रीय अध्यक्ष मोहनराज ओझाले नयाँ कार्यसमिति पदाधिकारीहरूलाई सपथ ग्रहण गराउनुका साथै संघ प्रदेश र स्थानीय सरकारलाई परेको आवश्यक परामर्श सेवा र सहजकर्ताको रुपमा काम गर्न सदैब तत्पर रहेको बताए ।

जिल्ला समन्वय प्रमुख ललित घलानले संघीय व्यवस्था अनुरूपको राज्य व्यवस्था समेत स्थिर हुने व्यवस्थापन आवश्यक रहेकाले सोही अनुरूपको व्यवस्थापन शिक्षा आवश्यक रहेको बताए । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागमती प्रदेश परिसंघका अध्यक्ष लेखराज न्यौपाने, उपाध्यक्ष स्वागत प्याकुर्याललगायत अन्य उद्योगी, व्यवसायी, प्रोफेसरहरूका साथै, विभिन्न क्षेत्रका व्यक्तित्व एवम् सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया