Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशखुम्बु क्षेत्रमा चिसोले गर्दा विकास निर्माण अवरुद्ध

खुम्बु क्षेत्रमा चिसोले गर्दा विकास निर्माण अवरुद्ध


सल्लेरी (सोलुखुम्बु) । करिब एक महिनादेखि सोलुखुम्बुको सगरमाथा क्षेत्रमा विकास निर्माण ठप्प भएको छ । उक्त क्षेत्रमा अत्यधिक चिसोका कारण विकास निर्माण अवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए ।

गत मङ्सिरदेखि नै चिसोले हिउँ जम्न थालेपछि विकास योजनाका काम रोकिएको अधिकारीले बताए । अधिकारीका अनुसार खुम्बुको माथिल्लो क्षेत्रमा यतिखेर हिउँ जमेका कारण विकास निर्माणमा कङ्क्रिटका सबै काम ठप्प भएका छन् र हिउँ नपग्लेसम्म काम सुरु हुने अवस्था पनि छैने । फागुनको तेस्रो साताबाट रोकिएका विकास निर्माण सुरु हुने उनको भनाइ छ ।

हाल खुम्जुङभित्र बाटो फराकिलो गर्ने योजना, थुक्ला पुल निर्माण, खुम्जुङ छिर्ने मुख्यद्वार निर्माण, गुम्बा रङरोगन योजनालगायत पालिकाको बजेटअन्तर्गतका सबै काम रोकिएको वडा कार्यालयले जनाएको छ । वडा सदस्य ङिमायाङ्जी शेर्पाले ती योजना कतिपय अन्तिम चरणमा पुगिसकेका छन् भने केही भर्खरै सुरु भएका योजना रहेको जानकारी दिए । पुस, माघमा खुम्बुको माथिल्लो क्षेत्र हिउँले पूरै ढाक्नुका साथै चिसोले जमिन नै जम्ने भएकाले सो क्षेत्रमा विकास निर्माणले गति लिन नसक्ने सदस्य शेर्पाले बताए ।


क्याटेगोरी : कोशी प्रदेश

तपाईको प्रतिक्रिया