सीमान्तकृत समुदायका बालिकाहरूको अधिकार सम्बन्धी आधार पत्र सार्वजनिक
काठमाडौं । सीमान्तकृत समुदायका बालिकाहरूको अधिकार सम्बन्धी आधार पत्र सार्वजनिक गरिएको छ । काठमाडौंमा भएको एक कार्यक्रमम आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ, मुस्लिम आयोगका सदस्यद्वय महमदिन अली र मोहमद समशुल हक तथा गैरसरकारी संस्था हामी दाजु भाइका महासचिव अशोक शिवाकोटीले संयुक्त रुपमा सो पुस्तक सार्वजनिक गरेका हुन ।
कार्यक्रममा आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङले आवश्यक स्रोत साधनको अभावमा बालबालिकाको क्षेत्रमा काम गर्न नसकेको बताए ।
यस्तै मुस्लिम आयोगका सदस्य हकले सीमान्तकृत समुदायका वयस्क व्यक्तिहरु नै समस्यामा पर्ने गरेको भन्दै यस्तो समुदायका बालिकाहरु झनै जोखिमा रहेको बताए ।
मुस्लिम आयोगका अर्का सदस्य अलीले सीमान्तकृत समुदायका बालिकाको हक अधिकार सुनिश्चित गर्न आफूहरुले सक्दो गर्ने प्रतिवद्धता पनि जनाए । राज्यले आयोगलाई छुट्याउने बजेटमा ब्यापक रुपमा कटौती गरेका कारण पनि सिमान्तकृत बालिका तथा किशोरीहरूका लागि कार्यक्रम सञ्चालन गर्न नसकिएको गुनासो समेत गरेका थिए ।
प्लान इन्टरनेशनलको सहयोगमा हामी दाजु भाइका लागि यो आधार पत्र प्रणिका कोयु र रुक्मणी महर्जनले तयार पारेका हुन् । कोयुले आधारपत्र तयार पार्ने क्रममा सीमान्तकृत समुदायका केहीसँग भेटघाट गरेको जानकारी दिँदै सीमान्तकृत समुदायका बालिका आफ्नो अधिकारबाट वञ्चित रहेको पाइएको बताइन् ।
दाजु भाइका महासचिव अशोक शिवाकोटीले अधिकार विहीन बालिकाहरूको अधिकार सुनिश्चित गर्नका लागि यो आधार पत्रले सरोकारवाला निकायलाई दबाव दिने विश्वास व्यक्त गरे ।
हामी दाजुभाइ नेपालमा लैङ्गिक समानताका लागि विशेष गरी पुरुष र पुरुषत्व, लिङ्ग र लैङ्गिकताका बारे पुरुष तथा बालकहरुसंग समेत काम गर्दै आएको सामाजिक संस्था हो।
क्याटेगोरी : नेपाल, बिबिध, बिशेष
ताजा अपडेट
- लालुपाते सहकारीको रकम ठगी अभियोगमा सौर्य एयरलायन्सका क्याप्टेनसहित चारजना जेल चलान
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया