Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षामदन भण्डारी विश्वविद्यालय विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा आबद्ध

मदन भण्डारी विश्वविद्यालय विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालमा आबद्ध


काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वका एक सय ४० भन्दा बढी देशहरूबीचको अनुसन्धान तथा शैक्षिक सञ्जालमा जोडिएको छ । यसका लागि विश्वविद्यालय र नेपाल रिसर्च एन्ड एजुकेसन नेटवर्क (एनआरईएन) बीच हालै एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा विश्वविद्यालयका अध्यक्ष प्रा. राजेन्द्रध्वज जोशी तथा एनआरईएनका अध्यक्ष लोचनलाल अमात्यले हस्ताक्षर गरेका छन् ।

यो समझदारीसँगै चित्लाङस्थित सो विश्वविद्यालय र विश्वका अन्य विश्वविद्यालयहरूसँग हुने वैज्ञानिक सहकार्यलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताइएको छ । यसका साथै एनआरईएनले विश्वका अन्य अनुसन्धान तथा शैक्षिक सञ्जाल प्रदायक संस्थाहरूको सहकार्यमा नेपालका प्राज्ञिक संस्थाहरूको शैक्षिक तथा वैज्ञानिक क्रियाकलापलाई सरल बनाउन प्रदान गरिरहेका अन्य सेवाहरू इडियुरोम, सुपर कम्प्युटर पहुँच, विश्वविद्यालयको क्याम्पस नेटवर्क स्तरोन्नतिजस्ता क्षेत्रहरूमा आवश्यक सहयोग गर्नेछ ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया