Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधसाइबर सुरक्षाअनलाइनमार्फत सट्टाबाजी खेल खेलाउने छ जना पक्राउ

अनलाइनमार्फत सट्टाबाजी खेल खेलाउने छ जना पक्राउ


काठमाडौं । अनलाइनमार्फत सट्टाबाजी खेल खेलाएको अभियोगमा ६ जना पक्राउ परेका छन् । उनीहरुलाई आइतबार दिउँसो प्रहरीले ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धनकुटाका ३० वर्षीय अंकित श्रेष्ठ, सोलुखुम्बुका २२ वर्षीय आमोश राई, उदयपुरका २० वर्षीया निका राई, सिन्धुपाल्चोकका २९ वर्षीय विजय थापा, बाग्लुङका २७ वर्षीय पर्वत पुन र सोलुखुम्बुका २७ वर्षीय डेकर राई रहेका छन् । उनीहरु सबैजना ललितपुरको विभिन्न ठाउँमा बस्दै आएका थिए ।

उनीहरूले अनलाइन ग्यामबलीङ तथा अनलाइन क्यासिनो खेलहरूमा अनलाईनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको प्रहरीले जनाएको छ । सोही सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले विभिन्न सामाजिक संजाललगायत विभिन्न अनलाइन ग्यामबलिङ प्लेटफर्म प्रयोग गरी अनलाईनमार्फत् रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ल्याप्टप छ थान, राउटर दुई थान, कम्प्युटर तीन थान, मोनिटर दुई थान, सिपीयू एक थान र मोबाइल १४ थान प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध, साइबर सुरक्षा

तपाईको प्रतिक्रिया