काठमाडौं, वैशाख १७
कच्चा तेलको मूल्य मंगलबार पुनः ओरालो लागेको छ । उत्पादित तेलको पनि भण्डारण गृह भरिएको र मागमा कमी आएसँगै तेलको मूल्य घटेको रोयटर्सले जनाएको छ । विश्व महामारी कोरोनाभाइरसका कारण विश्व ठप्प हुँदा मागमा कमी आएको हो ।
अमेरिकी वेस्ट टेक्सास इन्टरमेडिएट (डब्ल्यूटीआई) कच्चा तेल सीएलसी१ फ्युचर मंगलबार प्रतिब्यारेल १०.६४ डलरसम्म झरेको थियो । सोमबार पनि डब्ल्यूटीआई २५ प्रतिशतसम्म ओरालो लागेको थियो । त्यस्तै ब्रेन्ट क्रुड एलसीओसी१ फ्युचर पनि ४.५ प्रतिशतले घटेर १८.८५ अमेरिकी डलर पुगेको थियो । त्यस्तै बेन्चमार्क ६.८ प्रतिशतले घटेको थियो ।
गत हप्तामात्रै डब्ल्यूटीआई शून्यभन्दा तल पुगेको थियो । कच्चा तेल निर्यातकर्ता देशहरुको समूह ओपेक र रुसले नेतृत्व गरेको निर्यातकर्ता देशले उत्पादन कटौती गरे पनि तेलको मूल्य झर्ने क्रम रोकिएको छैन । गत हप्तासम्म भण्डारण गृहमा समेत ८५ प्रतिशत तेल जम्मा भइसकेको एजेन्सीहरुले जनाएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया