कोरोना आंशकामा सोलुखुम्बुका दुई जना आईसोलेसनमा भर्ना
सोलुखुम्बु, वैशाख २६
सोलुखुम्बु सोताङ गाउँपालिकाकी एक युवतीमा कोरोना आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ । करिब एक हप्ताअघि उदयपुरबाट सोताङ आएकी २८ वर्षीया युवतीमा आरडीटी परीक्षण पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कर्मचन्द राजवंशीका अनुसार बुधबार गरिएको आरडिटीमा रिपोर्ट पोजेटिभ देखिएकोे हो । उदयपुरबाट परिवार सहित फर्किएकी युवतीलाई सुरुदेखि नै क्वारेन्टिनमा राखिएको थियो ।
उनलाई अहिले सोताङ गाउँपालिकाले निर्माण गरेको आईसोलेसन वार्डमा राखिएको छ । योसँगै जिल्लामा आइसोलेसनमा राखेर उपचार गराउनेको संख्या २ पुगेको छ । सोताङमा देखिएको बिरामीको स्वाब संकलनका लागि ओखलढुंगा जिल्ला अस्पतालकबाट प्राविधिक टोली सोताङ पुगेको सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी टेकुनन्द इवा लिम्बुले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुको टोली लिखुपिकेका युवामा पनि आरडिटि पोजेटेभि देखिएपछि त्यता खटिएकाले सोताङमा ओखलढुंगाबाट ल्याब टेक्निसियनसहितको टोली झिकानुपरेको बताइएको छ ।
जिल्लाको लिखुपिकेमा पनि मगंलबार एक युवकको आरडीटी रिपोर्ट शकांस्पद देखिएको थियो । जिल्लाबाट गएको टोली लिखुपिके पुगेर स्वाब सकंलननको कार्य गरेको गाउँपालिकाले जनाएको छ । उनीहरूको स्वाब परीक्षणका लागि धरान पठाइने जिल्ला स्वास्थ कार्यालय सोलुुखम्बुले जनाएको छ । स्वाब सकंलन गर्ने जिल्लामा एक जना मात्रै दक्ष जनशक्ति हुँदा समस्या भएको बताइएको छ । एकै पटक दुई स्थानमा संकास्पद बिरामी भेटिएपछि छिमेकि जिल्लाबाट टोली बलाउनु पर्ने अवस्था आएको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया