महेन्द्र शाही
सोलुखुम्बु, वैशाख ३०
सोलुखुम्बु सदरमुकाम सल्लेरी बजारमा चहलपहल बाक्लिएको छ । लकडाउनपछि प्रायः सुनसान देखिएको सल्लेरी बजार क्षेत्रमा अहिले सवारी साधन तथा मानिसहरूको भीड बाक्लिएको स्थानीयले बताएका छन् । लकडाउनको सुरुवाती चरणमा मानिसहरू घरभित्र बसेपनि पछिल्लो समय बाहिर निस्कने क्रम बढेको भन्दै सम्बन्धित निकायले ध्यान दिनुपर्ने सल्लेरीका मिङमार शेर्पाले बताए । नेपाल सरकारले केही कार्यालय खोल्न भनेपछि सदरमुकामा चहलपहल पढेको हो ।
लकडाउनको सुरुवाती दिनहरूमा बाहिर निस्कनै परेमा मास्क लगाएर निस्किएपनि अहिले विनामास्कनै निर्बाधरूपमा आवतजावत गर्न थालेको अर्का स्थानीय सृजना तामाङको भनाइ छ । अतिआश्यकबाहेकका कामका लागि समेत मानिसहरूनिर्बाधरूपमा सवारी साधन लिएर हिँडिरहदा त्रास बढेको स्थानीयको गुनासो छ ।देशमा कोरोना सक्रंमितको संख्या लगातार बढिरहेकाले लकडाउनलाई व्यवस्थित बनाई उच्च सतर्कता अपनाउनुको विकल्प नभएपनि सोलुखुम्बुु प्रशासन मौन बसेको स्थानीयको भनाइ छ । अन्य जिल्लामा लकडाउनको पूर्णरूपमा पालना भएपनि सोलुखुम्बु प्रशासन यसमा चुकेको उनीहरूको भनाइ छ । यसले गम्भीर परिणा पनि आउनसक्ने भन्दै समयमै ध्यान दिन स्थानीयले माग गरेका छन् ।
यता सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले आइतबार बैंकिङ कोरोबारका लागि मानिसहरूको चहलपहल केही बाक्लिएको स्वीकार गरिन् । शनिबार सार्वजनिक बिदाको पहिलो दिन भएकाले पनि आइतबार केही बढी मानिसको आवतजावत भएको उनको भनाइ छ । तर, सोमबार पनि आवतजावत भने कम हुन सकेको छैन् । स्थानीयको समस्यालाई मध्येनजर गर्दै केही सहज वातावरण सृजना गरेको भएपनि सामान्य कार्यका लागि समेत सवारी साधन लिएर बजार डुल्ने गरेकाले यसलाईब्यवस्थित गरिने शाहीको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया