सुर्खेतका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग
सुर्खेत, जेठ ६
सुर्खेतका स्थानीय तहलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले नगदसहित स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उनले यहाँका नौवटै स्थानीय तहमा पुगेर दुई लाख २५ हजार रुपैयाँ नगदसहित स्वास्थ्य सामग्री वितरण गरेका हुन् । तीनवटै तहका सरकारको समन्वय र सहकार्यमा मात्रै कोरोना भाइरसविरुद्धको महामारीमा जित हासिल गर्न सकिने भन्दै पूर्वमन्त्री थानीले स्वास्थ्य तथा राहत सामग्री वितरणमा सबैले एकद्वार नीति अवलम्बन गर्नुपर्ने सुझाव दिए ।
‘स्वास्थ्य सामग्रीदेखि खाद्यान्न राहत वितरणमा मनोमानी र पक्षपातका दृश्य देखिएका छन्, स्थानीय तहले एकद्वार नीतिको पूर्ण पालना गराउनुपर्छ’, उनले भने, ‘जहाँ बढी आवश्यक छ, त्यतै साधन–स्रोतको परिचालन गर्नुपर्छ ।’ उनले प्रत्येक स्थानीय तहलाई २५ हजार नगदसहित मास्क, सेनिटाइजर, पञ्जा, साबुनलगायतका स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकालाई नगद तथा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा कांग्रेस जिल्ला सभापति कमलराज रेग्मी, निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय सहसभापति नारायण कोइराला, नगरका जनप्रतिनिधिको सहभागिता रहेको थियो । नेता थानीले वीरेन्द्रनगरका कार्यवाहक प्रमुख मोहनमाया ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकारलाई सहयोग गर्ने अभियानअन्तर्गत थानीले पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापा, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुन, भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्द, लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनार, सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसी, चिङ्गाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्द, बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत र चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई कार्यालयमै पुगी नगद तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- संसद्को बजेट अधिवेशन आह्वान
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया