अर्बौको हुन्डी कारोबार गर्ने श्रेष्ठसँगै थप तीन जना पक्राउ
काठमाडौं । हुन्डी, अनलाइन जुवा, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबारमा संलग्न भएको आरोपमा काठमाडौं बागबजारका रूपेश श्रेष्ठ पक्राउ परेपछि थप तीनजना पक्राउ परेका छन् । यही मंसिर ६ गते पक्राउ परेका श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा थप तीनजना पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मीनबहादुर जिसी, आशिष अग्रवाल र कुमार परियारलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरूले श्रेष्ठसँग मिलेर अवैध कारोबार गर्दै आएका थिए । श्रेष्ठलाई ब्युरोले ९९ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र अमेरिकी डलर सात हजार २६ बरामद भएको थियो । पैसा गन्ने मेसिनसमेत घरमा फेला पारेको प्रहरीले अनुसन्धानका क्रममा श्रेष्ठले करिब दुई अर्बको हुन्डी कारोबार गरेको पुष्टि भएको जानकारी गराएको छ । उनको धेरैजसो कारोबार अमेरिकामा हुने गरेको छ ।
श्रेष्ठसँग मिलेर काम गर्ने गिरोहमाथि नै अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । प्रहरीका अनुसार सो कारोबारमा रूपेशकी श्रीमतीको पनि संलग्नता देखिएको छ तर हाल उनी फरार छिन् । प्रहरीका अनुसार श्रेष्ठले हुन्डीको कारोबार क्रिप्टोमार्फत मिलाउने गर्दै आएका थिए । धेरै आफन्त अमेरिका भएकाले उनको त्यहाँ धेरै कारोबार रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : साइबर सुरक्षा
ताजा अपडेट
- बीवाईडी गाडी किन्दा बैंकबाट सहजरूपमा कर्जा पाइने
- कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता
- क्रेस्ट माइक्रो लाइफको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरूको भेला सम्पन्न
- राष्ट्रिय बीमा कम्पनीको उपशाखा डोटीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न
- सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान
- मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूलाई स्कुल पोशाक वितरण
- गणतान्त्रिक समाजवादी प्रजातन्त्रका विशेषताहरू
- प्रधानमन्त्री प्रचण्डले प्राप्त गरे विश्वासको मत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया