Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधसाइबर सुरक्षाईसेवाको कर्मचारी बनेर १५ लाखबढी ठगी गर्ने पाँच जना पक्राउ

ईसेवाको कर्मचारी बनेर १५ लाखबढी ठगी गर्ने पाँच जना पक्राउ


काठमाडौं । ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै १५ लाखभन्दा बढी बराबरको धनमाल ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । प्रहरीले १८ जना पीडितहरूबाट १५ लाख २० हजार ९ सय रूपैयाँ बराबरको धनमाल ठगी गरेको अभियोगमा उनीहरुलाई रौतहटका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिका बस्ने २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २० वर्षीय अभय कुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढिमाई नगरपालिका बस्ने १९ वर्षीय दिपेन्द्र कुमार यादव रहेका छन् ।

उनीहरूले विभिन्न मोबाइल नम्बरबाट फोन सम्पर्क गरी म ईसेवाको आधिकारिक कर्मचारी हुँ, तपाईको ईसेवा आईडी बैंक खातासँग लिंकअप तथा खाता नविकरण, केवाईसी फारम अपडेट, स्टेडमेन्ट भेरिफाई, सुरक्षित टान्सफर चार्ज नलाग्ने, ५० प्रतिशत क्यास ब्याक रकम उपलब्ध गराईदिन्छु भनी बिश्वास दिलाई पीडितहरुलाई झुक्याएका थिए । उक्त रकम ठगी गरेको खुल्न आएपछि उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ठगीसम्बन्धी कसुरमा उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।


क्याटेगोरी : साइबर सुरक्षा

तपाईको प्रतिक्रिया