Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधसाइबर सुरक्षाअनलाईनमार्फत ठगी गरेको अभियोगमा एक महिला पक्राउ

अनलाईनमार्फत ठगी गरेको अभियोगमा एक महिला पक्राउ


काठमाडौं । अनलाइनमार्फत ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । अनलाइनमार्फत एक लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका ईमाडोल बस्ने सप्तरी घर भएकी २७ वर्षीया सुजता चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले आफू टर्किको नागरिक हो भनि फेसबुकमार्फत साथी बनाएकालाई कुरियरबाट मोबाइल, घडि, जुत्ता, सुनका गहना, मेकअपलगायतका सामानहरू पठाउने र उक्त सामान काठमाडौं एयरपोर्टमा आइपुगेकोले सामानको कस्टम, डेलीभरी र इन्सुरेन्स वापतको रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरुको नामको बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्दै आएकी थिएन् ।

उनलाई पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको जनाइएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध, साइबर सुरक्षा

तपाईको प्रतिक्रिया