भोडाफोन र ओप्पोबीच बजारीकरणमा सहकार्य गर्ने सम्झौता
काठमाडौं, जेठ ८
ओप्पो र भोडाफोनले ओप्पोका स्मार्टफोनको ब्यापक रेञ्ज भोडाफोनको युरोपेली बजारमा भित्र्याउन विस्तृत सहकार्यको घोषणा गरेको छ । यसको थालनी मे २०२० देखि हुने जानकारी दिइएको छ । नवप्रवर्तनात्मक उत्पादन पोर्टफोलियो सुसज्जित अग्रणी स्मार्टफोन ब्राण्ड तथा अत्याधुनिक फाइभजी प्रविधिका ज्ञाता ओप्पोको बार्षिक ह्याण्डसेट शिपमेन्ट १०० मिलियनभन्दा बढी छ । ओप्पो र भोडाफोन बीचको यो सहकार्यले उपभोक्तालाई अझ व्यापक छनोटको अवसर प्रदान गर्नुका साथै भोडाफोनका अन्तर्राष्ट्रिय बजारमा फाइभजी एडप्सनमा तेवा तथा थप तीव्रता प्रदान गर्ने निश्चित छ ।
भोडाफोनका रिटेल तथा अनलाइन च्यानलमार्फत ओप्पोका बजेट फोनदेखि उद्योगकै अग्रणी फाइभजी फ्ल्यागशिप स्मार्टफोन (ए सिरिज, रेनो सिरिज र फाइन्ड एक्स सिरिज)लगायत फोनहरु उपलब्ध गराइनेछ । सहकार्यको पहिलो चरणमा भोडाफोनले ओप्पोका उत्पादनहरु जर्मनी, यूके, स्पेन, पोर्चुगल, रोमानिया, टर्की र नेडरल्यान्न्ड्समा रिटेल च्यानलमार्फत उपलब्ध गराउनेछ । यो ग्लोबल पार्टनरशिपको विकासका लागि ओप्पोका उत्पादन भोडाफोनको बजारमा सहज उपलब्धताका लागि दुवै कम्पनीले संयुक्तरुपमा सटिक पहलहरु गर्नेछन् ।
ओप्पोले आफ्ना उत्पादनहरु अधिकरुपमा इन–हाउस गर्ने गरेको छ । साथै, कम्पनीका धेरैजसो उत्पादन केन्द्रहरु साधारणरुपमा सञ्चालनमा आइसकेको छ । फिजिकल रिटेलमा हाल कठिनाइ रहेको अवस्थामा दुवै कम्पनीहरु अनलाइन बिक्री च्यानल विकासका लागि ध्यान दिँदै आफ्ना उपभोक्तालाई निरन्तर सेवा उपलब्ध गराउन प्रयत्नरत छन् । क्रमबद्धरुपमा बन्देजहरु खुकुलो गरिँदै लैजाँदा भोडाफोनसँग सहकार्य गर्दै आफ्ना कर्मचारी तथा उपभोक्ताको सुरक्षार्थ ओप्पो र भोडाफोन विशेष सजगता अपनाउनेछ । यही मे महिनादेखि ओेप्पोका विभिन्न उत्पादनहरु भोडाफोन मार्फत जर्मनी, युके, स्पेन, पोर्चुगल, रोमानिया, टर्की र नेडरल्यान्डमा उपलब्ध गराउँदै लगिनेछ । ओप्पो र भोडाफोनमार्फत अन्य देशमा उपलब्ध गराइने उत्पादनहरुबारे थप जानकारी विस्तारै प्रवाहित गरिने जानकारी दिइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
- नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभूति गर्ने
- श्रमिक दिवसमा श्रमिक महिला रक्षा संघको र्याली
- बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययनको अनुमति
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया