नेपाल फाइनान्सको तेस्रो त्रैमासिक नाफा तीन करोड १२ लाख
काठमाडौं, जेठ ९
नेपाल फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड १२ लाख ३३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा चार करोड ६५ लाख ४५ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २२ करोड सात लाख ३१ हजार रूपैयाँ रहेको फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा चार करोड ५६ लाख पाँच हजार रूपैयाँ निक्षेप संक्लन गरी दुुई करोड ५५ लाख ६४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुुई करोड २९ लाख सात हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा ७६ दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले चार करोड २२ लाख ६४ हजार रूपैयाँ निक्षेप संकलन गरी ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ९८ लाख ३८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शत प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
- उद्योग व्यवसाय फस्टाउन सकेमात्र श्रमिक अधिकार स्थापित हुन्छ
- लेखापालहरुका किसिम किसिमका नियम !
- बालबालिकाका लागि वैशाख ३१ मा ‘बृहत खोज र खोप अभियान’
- श्रमिक दिवस: हरवाचरवालगायत कृषि मजदुरका समस्या समाधानका लागि आग्रह
- उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
- नारायणगढ–बुटवल सडक: पाँच वर्षमा पचास प्रतिशत काम पूरा
- श्रमिक दिवसको अवसरमा अध्यक्ष ओलीद्वारा शुभकामना व्यक्त
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया