सेञ्चुरी बैंकका कर्मचारीहरूको कोरोना बीमा
काठमाडौं, जेठ ९
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना कर्मचारीहरूको कोरोना बीमा गरेको छ । बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड १९ को सम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरूको सुरक्षाको लागि लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत बीमा गराउने निर्णय गरेको जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ९१ करोड ५७ लाख ७९ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ६१ करोड छ लाख ७१ हजार रूपैयाँ रहेको थियो ।
चुक्ता पुँजी आठ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५९ अर्ब ९९ करोड ४७ लाख ७५ हजार रूपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब आठ करोड ९३ लाख २९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ९८ करोड एक लाख ३४ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । कर्जा तथा निक्षेपबिचको ब्याजदर अन्तर (स्प्रेड दर) चार दशमलव ७७ प्रतिशत रहेको बैंकको बितरणयोग्य नाफा भने १३ करोड ४१ लाख १५ हजार रूपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ६० अर्ब २७ करोड ६४ लाख ९६ हजार रूपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब आठ करोड ९३ लाख २९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ९७ करोड १७ लाख २१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ९६ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया