एभरेस्ट एसिया लिडरसिप समिटको घोषणा
काठमाडौं । फोर एच नेपालले काठमाडौंमा एभरेष्ट एशिया लिडरसिप समिट गर्ने घोषणा गरेको छ । फोर एच नेपालले एक प्रेस वक्तव्य जारी गरी सन् २०२५ आयोजना गर्ने गरी समिटको घोषणा गरेको हो ।
उक्त समिटमा नेपालसहित विश्वका कम्तीमा ३० ओटा देशहरूबाट लगभग दुई सय जना सहभागी हुने जनाइएको छ । समिटमा विश्व परिवेशमा एसिया नेतृत्व, जलवायु परिवर्तनमा एसियाको भूमिका, विश्वका लागि एसियाली अर्थतन्त्र, युवा रोजगार र प्रविधिका विकास, सांस्कृतिक आदानप्रदान लगायतका विषयमा कार्यपत्र तथा कार्यशाला आयोजना गरिनेछ । साथै, नेपालको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय भ्रमणको कार्यक्रम समेत रहेको फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले जनाएका छन् ।
सम्मेलनमा सरकारका प्रतिनिधि, फोर एच संस्था, अन्तर्राष्ट्रिय संघ÷संस्था, दातृ निकाय, विश्वविद्यालय, निजी क्षेत्र, बहुराष्ट्रिय कम्पनी, अनुसन्धानकर्ता, कानुन विज्ञ, युवा उद्यमीलगायतको सहभागिता रहने जनाइएको छ । एभरेस्ट एसिया लिडरसिप समिटको लोगो समेत सार्वजनिक गरिएको छ । समिटको मिति र स्थान तथा सहभागी हुने प्रक्रियाको बारेमा भनेपछि जानकारी गराइने आयोजकले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- १ केजी १०१ ग्राम कोकिन सहित एक महिला पक्राउ
- सिरियामा २७ प्रतिशत जनसंख्या ‘चरम गरिबी’मा
- गुजरातमा आगलागीमा परी २० जनाको मृत्य
- युक्रेनलाई साढे २७ करोड डलर सहयोग गर्ने अमेरिकाको घोषणा
- टेलिकमको कपर प्रविधिबाट सञ्चालित सेवा एफटीटीएच नेटवर्कमा स्तरोन्नति
- नयाँ बानेश्वरमा टीभीएसको नयाँ सोरुम
- २१ सय नौं बिन्दुमा खुम्चियो सेयर बजार
- औद्योगिक क्षेत्रका प्राविधिकलाई ऊर्जा दक्षतासम्बन्धी तालिम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया