सन्तोष पौडेल
वीरगञ्ज जेठ १२
लकडाउन अवधिमा सरकारले स्थानीय प्रशासनलाई अत्यावश्यक वस्तु मात्र भन्सारबाट भित्र्याउन आदेश दिएकोमा अहिले वीरगञ्ज सुक्खा बन्दरगाहबाट धमाधम विदेशी मदिरा काठमाडौं पठाउने कार्य भइरहेको छ । वीरगञ्ज सुक्खा बन्दरगाहमा लकडाउन अगाडिदेखि सञ्चय गरिराखेको विदेशी मदिरा अहिले ग्लोबल ट्रेडिङ कन्सर्नको नाममा वीरगञ्जबाट काठमाडौं पु-याइएको छ । लकडाउनमा सरकारले खाद्य वस्तुको मात्र आयात इजाजत दिएको र विदेशी मदिरा आयातमा पूर्णतया रोक लगाएकोमा सुक्खा बन्दरगाहबाट विदेशी मदिरा अत्यावश्यक वस्तुको सूचीमा राखेर पठाइएकोमा धेरैले आश्चर्य मानेका छन् ।
निषेधाज्ञा हटेपछि स्थानीय प्रशासनले लकडाउनलाई कडाइका साथ पालना गर्ने भन्दै भन्सार अधिकृतलाई नै भन्सारसम्बन्धी कारोबारको जिम्मेवारी सुम्पेको थियो । भन्सार अधिकृतको जिम्मामा आएपछि सरकारले निषेध गरेको मदिरा पठाइएको हो । सुक्खा बन्दरगाहमा अहिले ३५ वटा कन्टेनरभन्दा बढी विदेशी मदिरा सञ्चित छ । तीमध्ये ग्लोबल ट्रेडिङ कन्सर्नको नाममा केही कन्टेनर काठमाडौं पठाइएको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया