चीनमा थप ५१ जना कोरोनाभाइरसबाट संक्रमित
बेइजिङ, जेठ १३
चीनमा थप ५१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित भएकामध्ये अधिकांश कोरोनाभाइरसको उद्गमस्थल मानिएको वुहानका रहेको जनाइएको छ । त्यस ठाउँमा पछिल्लो दश दिनमा ६० लाख मानिसको स्वास्थ्य परीक्षण गरिएको छ । सरकारी स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार अहिले थपिएका ११ जना संक्रमितको विवरण आइतबार नै आएको थियो । ती ११ जनामध्ये दश जना मङ्गोलिया स्वशासित क्षेत्र र एक जना सिचुवान प्रान्तमा रहेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
पूर्णरुपमा कोरोनाबाट संक्रमित हुन बाँकी रहेका तर शंकास्पद अवस्थाका अरु ४० जनामध्ये ३८ जना बुहानका रहेका छन् । चीनमा अहिले कुल ३ सय ९६ जना यस्तै प्रकारका विरामी उपचाररत अवस्थामा रहेको अधिकारीहरुले जानकारी दिएका छन् । तीमध्ये ३ सय २६ जना त वुहानमा मात्रै रहेका छन् । यस्ता शंकास्पद भनिएको विरामीहरुलाई स्वास्थ्य परिक्षण गर्दा कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि हुन्छ, तर लक्षणहरु भने नहुने गरेको अधिकारीहरुको भनाइ छ । तर पनि उनीहरुलाई कोरोनाभाइरसबाट संक्रमितहरुलाई झै नै व्यवहार गर्ने गरिन्छ । वुहानमा यसअघि जनवरी र मार्च महिनामा मात्रै ५० हजारभन्दा बढी संक्रमित भएको पाइएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया