आई–पे रेमिट र कृषि विकास बैंकबीच सम्झौता
काठमाडौं, जेठ १८
आई–पे रेमिट प्रालि र कृषि विकास बैंकबीच सम्झौता भएको छ । बैंकले रेमिटसँग विप्रेषण कारोबार भुक्तानी सम्बन्धीपत्रमा हस्ताक्षर गरेको हो । कृषि विकास बैंकका प्रमुुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा आई–पे रेमिट प्रालिका तर्फबाट कार्यकारी निर्देशक ईन्द्रप्रकाश शर्मा र कृषि विकास बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले हस्ताक्षर गरेका छन् ।
दुई पक्षबीचको आपसी सहयोगले व्यवसाय वृद्धिमा ठूलो भूमिका खेल्ने भएकाले एक–अर्कालाई सहयोग गरी अगाडि बढेर जानु पर्ने विचार कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले व्यक्त गरेका थिए । अब उप्रान्त विश्वका जुनसुकै ठाउँबाट पठाएको रकम नेपाल अधिराज्यमा रहेका कृषि विकास बैंकका सबै शाखाहरूबाट प्राप्त गर्न सकिने हुँदा ग्राहकवर्गलाई थप सुविधा मिल्ने कुरा आई–पे रेमिट प्रालिका बजार प्रमुख रूपनारायण श्रेष्ठले बताए । साथै, हालको परिस्थितिमा पनि ग्राहकवर्गलाई सेवा प्रदान गर्दै विभिन्न डिजिटल कम्पनीहरूसँग सहकार्य गरी डिजिटल कारोबारलाई प्राथमिकता दिने जानकारी पनि गराएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया