विश्व मुख स्वास्थ्य दिवसको अवसरमा सचेतना कार्यक्रम
काठमाडौं । हरेक वर्ष मार्च २० मा हुने विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना कार्यक्रम गरिएको छ । विश्व स्वास्थ्य संगठनको आब्हानमा विश्वब्यापी रुपमा विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ ।
इमरजेन्सी भवन अगाडी मुख तथा दाँत कसरी सफा राख्ने ? कस्ता आहारविहार गर्दा मुख र दाँत स्वस्थ र सफा रहन्छ ? लगायतका बारेमा कलेज अफ डेण्टल साइन्स एण्ड हस्पिटलका इन्टर्न तथा डेण्टल विद्यार्थीहरुले आगन्तुकहरुलाई सचेतना दिएका थिए ।
अस्पतालमा आएका बिरामी तथा आगन्तुकलाई दाँतको राम्ररी स्याहार गरिएन भने मान्छेको व्यत्तित्वमै प्रभाव पर्ने भएकोले समय–समयमा दन्त चिकित्सकबाट दाँत तथा मुखको स्वास्थ्य परीक्षण गराउनु पर्ने, दाँतमा किरा लाग्न नदिन, खिइन नदिन दैनिक दुई पटक दाँत माझ्नु पर्ने, चुरोट, खैनी, गुट्खा, तम्बाकु जस्ता हानिकारक वस्तुहरु खान नहुने बारे जानकारी दिइएको थियो ।
नेपाल मेडिकल कलेज डेण्टल हस्पिटलका निर्देशक डा. प्रकाश भट्टराईले कलेजमा आएका आगन्तुक तथा बिरामीहरुले मुख स्वास्थ्य, दन्त स्वास्थ्यका बारेमा विविध जानकारीहरु पाएको बताए । उनले भने, ‘विश्व मुख स्वास्थ्य दिवसको अवसरमा हामीले यहाँ आएका भिजिटरहरुलाई मुख तथा दन्त स्वास्थ्यका बारेमा सचेतना दिएका हौं ।’
कलेजले दन्त रोग सम्बन्धी छुट्टै अत्याधुनिक भवन समेत निर्माण गरिरहेको छ । कलेजको दन्त रोग विभागमा दैनिक डेढ सयदेखि दुई सयको हाराहारीमा बिरामीहरु आउने गरेका छन् ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- सरकार र दश दिनदेखि अनसनरत दिपक भण्डारी बीच सहमति
- एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
- परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन
- हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
- गोरखा बजार क्षेत्रमा खानेपानीको अभाव
- कुलमानको पारिवारिक अकूत सम्पतीको समाचार खण्डन गर्न नेपाल विद्युत प्राधिकरणको लेटर प्याड दुरुपयोग
- स्व. नेता गुरुङको सम्मानमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
- शेयर बजारमा पाँच अंकको सुधार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया