पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउने: अध्यक्ष ओली
भक्तपुर । नेकपा (एमाले) बागमती प्रदेशले बिहीबार मध्यपुरथिमिको बोडेमा आयोजना गरेको बागमती प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र अब पार्टीले टिकट दिने बताएका छन् ।
अध्यक्ष ओलीले अब पार्टी सदस्यताकै आधार बनाएर सदस्यता लिएको वर्ष गनेर मात्र टिकट नदिने बताए । उनले देश, जनता र पार्टीको काममा निरन्तर लाग्नेलाई मूल्याङ्कनका आधारमा पार्टी र चुनावमा टिकट दिइने बताए । उनले पार्टीको अब आउने अधिवेशनमा होस् वा स्थानीय तहदेखि संसदीय निर्वाचनमा होस्, पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउने बताए ।
पार्टीले जिल्ला–जिल्लामा भेला र प्रशिक्षण आयोजना गर्ने तथा ती भेला र प्रशिक्षण नै परीक्षाको रूपमा रहने भन्दै उनले देश र पार्टी बनाउन एमालेका नेता, कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिए ।
तीन दिनसम्म चल्ने प्रशिक्षणमा पार्टीलाई अझै कसरी बलियो बनाएर लैजाने भन्नेबारे बृहत् छलफल हुने एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले बताए । प्रशिक्षणमा बागमती प्रदेशभित्रका स्थानीय तहका प्रमुख, उपप्रमुख, पार्टी अध्यक्षलगायत एक सयभन्दा बढी नेता तथा जनप्रतिनिधिको सहभागिता रहेको एमाले बागमती प्रदेश कमिटीका सहसचिव भक्तकुमारी लामाले जानकारी दिइन् ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- विद्युतीय गाडीको भन्सार बढाएर गरिबलाई निःशुल्क ‘इन्डक्शन’ चुलो बाढौं : अर्थविद गौचन
- विद्यालय शिक्षा र उच्च शिक्षाबीच रहेको ठूलो खाडल अन्त्य गरिने
- पाल्पाका आग्नीपीडित परिवारलाई राहत
- रोजगारीमा पठाइदिन्छु भन्दै ठगि गर्ने एक व्यक्ति पक्राउ
- राष्ट्रपतिद्वारा तीन विशिष्ठ व्यक्तित्व सम्मानित
- के माग दावी गरिएको छ केदार कार्कीको रिटमा ?
- सरकार र दश दिनदेखि अनसनरत दिपक भण्डारी बीच सहमति
- एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया