सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सुरु
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप सुरु भएको छ । च्याम्पियनसिपको पहिलो दिन सोमबार प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्तरूपमा शीर्षस्थानमा रहेका छन । उनीहरूले ३–अन्डर ६९ को स्कोरमा पहिलो दिनको खेल सकाए ।
भुवन र राहुलले १८ होलको समाप्तिमा तीन प्रोफेसनल खेलाडीहरू रमेश अधिकारी, रवि खड्का र निरज तामाङ तथा एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई एक स्ट्रोकले पछि पारे । रमेश, रवि, निरज र विजयले सोमबार २–अन्डर ७० को स्कोर दर्ज गरे । एमेच्योर सदभाव आचार्य १–अन्डर ७१ सहित सातौं स्थानमा रहेका छन् । युवराज भुजेल, जयराम श्रेष्ठ, सञ्जय लामा र बलभद्र राई इभन–पार ७२ सहित संयुक्तरूपमा आठौं स्थानमा रहे । गोकर्ण गल्फ क्लबमा सोमबारबाट प्रतियोगिता सुरु भएको हो । चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी कुल ४४ गल्फरको सहभागिता रहेको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया