एक महिनामा ६७ हजार वैदेशिक रोजगारी बीमालेख जारी
काठमाडौं । फागुन महिनामा जीवन बीमा कम्पनीहरूले ६७ हजारभन्दा बढी वैदेशिक रोजगार बीमालेख जारी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १० वटा जीवन बीमा कम्पनीहरूले यस आर्थिक वर्षको फागुन महिनामा मात्रै ६७ हजार पाँच सय ४५ वटा वैदेशिक रोजगार बीमालेख जारी गरी २८ करोड २६ लाख ६८ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।
चालू आर्थिक वर्षको आठ महिना (साउनदेखि फागुनसम्म) सक्रिय रहेको वैदेशिक रोजगार बीमालेखको संख्या २० लाख नौ हजार तीन सय ५१ छ । यसबाट कुल बीमा शुल्क एक अर्ब ९९ करोड ९६ लाख ५६ हजार रूपैयाँ आर्जन भएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार यस आर्थिक वर्षको फागुनसम्म नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा ७४ हजार ७६ वटा वैदेशिक रोजगार बीमालेख सक्रिय रहेकोमा १७ करोड ५१ लाख ७९ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा चार लाख १० हजार चार सय ९५ वटा सक्रिय वैदेशिक रोजगार बीमालेख रहेकोमा ४३ करोड ५३ लाख ४४ हजार रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको देखिएको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीमा ५२ हजार एक सय ४५ वटा सक्रिय वैदेशिक रोजगार बीमालेख रहेकोमा १८ करोड ८५ लाख ६९ हजार रूपैयाँ बीमाशुल्क आर्जन भएको छ ।
आईएमई लाइफ इन्स्योरेन्सले फागुन मसान्तसम्म एक लाख ६५ हजार चार सयवटा वैदेशिक रोजगार बीमालेख जारी गरी २२ करोड ६४ लाख ९१ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सक्रिय वैदेशिक रोजगार बीमालेखको संख्या सात लाख ३४ हजार एक सय ५५ छ भने कुल बीमाशुल्क रकम ४९ करोड ८१ लाख ३० हजार रूपैयाँ छ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सक्रिय रहेको वैदेशिक रोजगार बीमालेखको कुल संख्या ६८ हजार पाँच सय आठ रहेकोमा कुल बीमाशुल्क आर्जन रकम ११ करोड ८४ लाख ६७ हजार रूपैयाँ छ । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीमा सक्रिय रहेको वैदेशिक रोजगार बीमालेखको संख्या एक लाख २१ हजार एक सय ९० वटा रहेकोमा बीमाशुल्क आर्जन रकम सात करोड ४४ लाख ६१ हजार रूपैयाँ छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा पनि सक्रिय रहेको वैदेशिक रोजगार बीमालेखको संख्या दुई लाख ८१ हजार ५४ छ भने बीमाशुल्क आर्जन रकम १४ करोड २४ लाख ४९ हजार रूपैयाँ छ ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा वैदेशिक रोजगार बीमालेखको संख्या ९७ हजार सातवटा छ भने कम्पनीले १३ करोड ८८ लाख २३ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पनि पाँच हजार तीन सय २१ वैदेशिक रोजगार बीमालेख जारी गरी १६ लाख ६३ हजार रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1
ताजा अपडेट
- विद्यालय शिक्षा र उच्च शिक्षाबीच रहेको ठूलो खाडल अन्त्य गरिने
- पाल्पाका आग्नीपीडित परिवारलाई राहत
- रोजगारीमा पठाइदिन्छु भन्दै ठगि गर्ने एक व्यक्ति पक्राउ
- राष्ट्रपतिद्वारा तीन विशिष्ठ व्यक्तित्व सम्मानित
- के माग दावी गरिएको छ केदार कार्कीको रिटमा ?
- सरकार र दश दिनदेखि अनसनरत दिपक भण्डारी बीच सहमति
- एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर
- परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया