एनआईसीएसिया बैंकद्वारा बीमाबापत एक करोड २० लाख रुपैयाँ भुक्तानी
काठमाडौं । एनआईसी एसिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत रहेर बीमा दाबी भुक्तानी गरेको छ । बैंकका अनुसार २०८० असार १८ देखि फाल्गुण १४ सम्ममा घातक रोगको बीमाबापत सात जना र दुर्घटनामा परेका पाँच जना गरी कुल १२ जना खातावालाहरूलाई प्रतिव्यक्ति १० लाखको दरले जम्मा एक करोड २० लाख बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरिएको हो । बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोलेका ग्राहकहरू तथा परिवार सदस्यलाई बीमा कम्पनीहरूले प्रदान गरेको उक्त रकम बराबरको चेक बैंकले हस्तान्तरण गरेको हो ।
बैंकको काठमाडौंस्थित नागपोखरी शाखामा खाता खोल्नु भएकी रचना गौचन, दैलेखस्थित दैलेख शाखामा खाता खोल्नुभएका चक्रबहादुर कटुवाल, रुपन्देहीस्थित राम मन्दिर बुटबल शाखामा खाता खोल्नुभएकी पार्वती श्रेष्ठ, रुपन्देहीस्थित सउ फर्सटिकर शाखामा खाता खोलेका पुन्यप्रसाद ढकाल र कास्कीस्थित न्युरोड पोखरा शाखामा खाता खोल्नु भएका विजयकुमार गुरुङलाई दुर्घटना बीमाबापत एवं काठमाडौंस्थित कर्पोरेट अफिस शाखामा खाता खोलेकी एलिना न्यौपाने र काठमाडौंस्थित कालोपुल शाखामा खाता खोलेकी निर्मला चापागाईंलाई घातक रोग बीमाबापत जनही १० लाख प्रतिव्यक्तिका दरले कुल ७० लाख रुपैयाँ रकम प्रदान गरिएको हो । ती लाभग्राहीहरूले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गरिएको कम्पनीको भनाइ छ । त्यसैगरी सिराहास्थित मिर्चैया शाखामा खाता खोलेका राधेश्याम रजक साफी, ललितपुरस्थित पुल्चोक शाखामा खाता खोलेका तेजबहादुर सुवेदी, चितवनस्थित चनौली शाखामा खाता खोलेका गणेशबहादुर गुरुङ, बर्दियास्थित मग्रागढी शाखामा खाता खोलेका कुमारी रीता भुसाल र बारास्थित कलैया शाखामा खाता खोल्नुभएका कन्हैया लाल चौधरीले दुर्घटना बीमाबापत जनही १० लाख रुपैयाँप्रतिव्यक्तिका दरले कुल ५० लाख रुपैयाँ नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ प्रदान गरिएको हो ।
बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत हालसम्म छ हजार तीन सय ६१ भन्दा बढीलाई १४ करोड ३८ लाख रुपैैयाभन्दा बढी बीमा दाबी रकम हस्तान्तरण भइसकेको बैंकको भनाइ छ । जसमध्ये घातक रोग बीमाबापत ३३ बढीलाई तीन करोड ५० लाख रुपैयाँभन्दा बढी, दुर्घटना बीमाबापत २६ बढीलाई दुई करोड ६० लाख बढी र मेडिकल बीमाबापत छ हजार तीन सय दुईभन्दा बढीलाई आठ करोड २८ लाख १० हजारभन्दा बढी रकम प्रदान गरिएको छ । बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा चार जनालाई पाँच वर्षका लागि ८४ लाखसम्मको बीमा फाइदा रहेको ‘सर्वश्रेष्ठ बचत योजना’ सञ्चालन गरिरहेको छ । जसअन्तर्गत आकर्षक ब्याजदर, पाँच वर्षसम्म ८४ लाख रुपैयाँसम्मका तीन वटा बीमा, १८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन वटा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् । उक्त ८४ लाख बराबरको आकर्षक बीमा फाइदाअन्तर्गत ४० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा, ४० लाख रुपैयाँ बराबरको घातक रोग बीमा र चार लाख रुपैयाँसम्मको औषधि उपचार बीमा उपलब्ध छन् भने अस्पताल भर्ना हुने बिरामीले तीन लाख २० हजारसम्म र ओपीडी उपचारको लागि ८० हजारसम्म बीमा लाभ प्राप्त गर्न सक्ने छन् ।
एनआईसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरूमध्येको बैंक हो । बैंकले मुलुकभर तीन सय ६० वटा शाखा कार्यालयहरू, छ सय ७० वटा एटीएम, एक सय १६ वटा विस्तारित काउन्टर एवम् ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब सात करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ६१ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया