न्युयोर्कमा ११४औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस
न्युयोर्क,११४ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस २०२४ र हिन्दुहरुको महान् चाड होली शुभकामना आदान प्रदान गरी कविता वाचन गरेर भव्य रुपमा सम्पन्न गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रममा च्याप्टरका महासचिव एवं साहित्यकार नदिया लिबांगले सम्पूर्ण अतिथिहरुलाई आसन ग्रहण रगेका थिए । च्याप्टरका कोषाध्यक्ष तथा गायिका सिर्जना लामाले स्वागत भाषण गन गरेकि थिइन ।
कार्यक्रमको सुरुवातमा प्रमुख अतिथि साहित्यकार कुन्ती थापा र विशेष अतिथि लेखक तथा साहित्यकार केन्द्रीय सदस्य सकुन ज्ञवालीले संयुक्त रुपमा पानसमा बत्ती बाली उद्घाटन गरेकी थिइन । भने उपस्थित कविहरुले आआफ्नो कविता वाचन गर्नु गरेका थिए ।
कविता वाचन गर्नेहरुमा न्युयोर्कका चर्चित कवि आनन्द श्रेष्ठ, ज्योति राई, लक्ष्मी थापा, चमेली परियार, हृदय तुलाधर, अभय ढुंगेल, हजुरी शाह कँडेल, पुष्कर सुभेच्छुक, तुलसी चित्रकार, राजन महर्जन, सीता खरेल, किसनसिंह धामी , ज्योति पौडेल, पुनम काफ्ले, गीता खत्री, संगीता न्यौपाने, पुनम पाण्डे, रस्मी भट्ट, खाम भट्ट, सकुन ज्ञवाली र कुन्ती थापा थिइन् ।
च्याप्टरका अध्यक्ष लक्ष्मी श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको अन्त्यमा अध्यक्षले धन्यवाद ज्ञापन गरेका थिए ।
ज्याक्सन हाइटस्थित नेपाली भान्साघरको सभाहलमा भएको सो कार्यक्रममा साहित्यकार, लेखक, कलाकार, चित्रकार, पत्रकार, साहित्यप्रेमीलगायतको उपस्थिति थियो ।कार्यक्रमको सञ्चालन कवियत्री नदिया लिबांगले साह्रै रोचक तरिकाले गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एमडीको आवरणमा कुलमानले गरे प्रसारण लाइन र सबस्टेसन निर्माणको ठेक्का कब्जा
- सुन तस्करीको आरोप लागेका सुमनमान ताम्राकारविरुद्ध अदालतको अवहेलनामा मुद्दा दायर
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया