काठमाडौँ जेठ २७
सहयोगी विकास बैंकको लाभांश पारित भएको छ । बैंकको यही जेठ २४ गते सम्पन्न भएको १६औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट १८ दशमलव ७२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकले उक्त वार्षिक साधारणसभामार्फत सिटिजन्स बैंक इन्टरनेशनलसँग विलय हुुने प्रस्ताव समेत पारित गरेको छ । यसको लागि बैंकले एकबराबर शन्य दशमलव ९१७५ को स्वाप रेसियो कायम गरेको छ ।
जसअनुुसार सहयोगीको एक सय कित्ता सेयरबराबर सिटिजन्स बैंकको ९१ दशमलव ७५ कित्ता सेयर प्राप्त हुुनेछ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नौ करोड २२ लाख ८२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा सात करोड ४१ लाख ४० हजार रूपैयाँ रहेको थियो ।हाल चुक्ता पुँजी ५० करोड ९६ लाख ६८ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा चार अर्ब ७० करोड छ लाख ४२ हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब १६ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १८ करोड ५४ लाख ९६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैंकले चार अर्ब ३३ करोड ६१ लाख ४८ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९४ करोड ५७ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १६ करोड दुुई लाख ४० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया