पोखरा प्रिमियर लिगको रेस पार्टनर टीभीएस अपाचे सिरिज
काठमाडौं, मंसिर २९
पोखरा प्रिमियर लिग (पीपीएल)का लागि टीभीएस मोटरसाइकल तथा स्कुटरका आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचे सिरिजको रेस पार्टनरको प्रस्तावना सफल रुपमा पारित गरेको छ । रेस पार्टनरका निमित्त जगदम्बा मोटर्स प्रालिका प्रबन्धनिर्देशक शाहिल अग्रवाल र पीपीएलका प्रबन्धनिर्देशक छुम्बी लामाबीच आपसी समझदारीमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
शनिबारदेखि सुरु भई पुस १२ गतेसम्म चल्ने पीपीएलका लागि दोस्रो सिजनको खेल तालिका सार्वजनिक भइसकेको छ । पीपीएलमा विभिन्न ६ टिम बुटवल ब्लास्टर, चितवन राइनोज, विराटनगर टाइटन, पोखरा पल्टन, एक्सपर्ट धनगढी ब्लूज र काठमाडौं रोयल्स खेल्दै छन् । उद्घाटन खेल पोखरा पल्टन र काठमाडौं रोयल्सबीच हुनलागेको पीपीएल पुस १२ गतेकोे अन्तिम खेलपश्चात् समाप्त हुनेछ । हालै सम्पन्न भएको दक्षिण एसियाली खेलकुदमा नेपालको स्तरीय प्रदर्शनी निकै प्रशंसनीय रहेको उल्लेख गर्दै जगदम्बा मोटर्स प्रालिका प्रबन्धनिर्देशक शाहिल अग्रवालले नेपालमा आयोजना गरिएको यसपालिको दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालका खेलाडीहरुले हरेक विधामा निकै राम्रो प्रदर्शन गरेको बताए ।
धेरैभन्दा धेरै स्वर्णपदक हात पार्न सफल भएका नेपालका मिहिनेती र प्रतिबद्ध खेलाडीहरुको जोश र जाँगरले कम्पनीलाई समेत प्रोत्साहित गरेको उनको भनाइ थियो । कम्पनीले पनि नेपाली खेलकुदजगत्मा केही योगदान दिएमा नेपाली खेलकुदको भविष्य अवश्य सुनिश्चित हुने र प्रगतिको पथतर्पm निरन्तर बढ्नेछ भन्ने विश्वासका साथ कम्पनी पि.पि.एल संग आवद्ध हुने निश्चय गरेको उनले जानकारी दिए । विश्व विख्यात टीभीएस मोटरसाइकलका नेपालको निम्ति आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले आफ्नो देशव्यापी डिलरहरुको सञ्जालमार्फत बिक्रीवितरण गर्दै आइरहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया