महेन्द्र शाही
सोलुखुम्बु, साउन ११
सोलुखुम्बुमा बागबानी केन्द्र फाप्लुमा उत्पादन भएको आल्चा बोटमै खेर गएको छ । केन्द्रमा वार्षिक २ दशमलव ५ टन आल्चा (आरुबखडा) उत्पादन भए पनि यतिकै खर जाने गरेको केन्द्रका सूचना अधिकारी चन्द्र फडेराले जानकारी दिए । यो समयमा सबैतिर एकै साथ फल्ने भएकाले बिक्री नगन्य मात्र हुने तथा यसलाई भण्डारण गर्नेतर्फ पनि कुनै पहल नभएको उनको भनाइ छ ।
अघिल्लो वर्ष केही मात्रामा बागबानी घुम्न आउनेहरुले खरिद गरेर लाने गरे पनि यो वर्ष भने निरन्तर वर्षा भएकाले बिक्री नभएको केन्द्रले जनाएको छ । प्रतिकिलो १० रुपैयाँमा बिक्री गर्दै आएको केन्द्रले यो वर्ष निरन्तरको झरीले दाना फुट्ने तथा झर्ने समस्या व्यहोरेको छ । सबैको घरमा आल्चाको बिरुवा हुने भएकाले केही अधिक उत्पादन हुने गरेको र कसैले पनि खरिद नगर्ने भएकाले बजारको समस्या भएको हो । यसलाई भण्डारण गर्नका लागि पनि समस्या हुने गरेको छ । साप्ताहिक हाटमा केही मात्रामा बिक्रीका लागि आउने गरेको भए पनि उल्लेख्य मात्रामा बिक्री नभएको स्थानीयको भनाइ छ ।
जिल्लामा व्यावसायिक रुपमा कहीँ कतै पनि आल्चाको खेती नभए पनि ४१ हेक्टर क्षेत्रफमा आल्चाका बिरुवा रहेको कृषि ज्ञानकेन्द्र सोलुखुम्बुका निमित्त प्रमुख कुल बहादुर राईले जानकारी दिए । ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा प्रत्येक वर्ष २ सय ५२ मेट्रिकटन आल्चा उत्पादन हुने गरेको छ । तर बिक्री भने नगन्य मात्रामा रहेको उनको भनाइ छ । केही मात्रामा साप्ताहिक हाटमा बिक्री हुने र घरायसी मदिराको लागि प्रयोग हुनेबाहेक अधिकांश आल्चा यसै खेर जाने गरेको छ । एकैपटक सबैकोमा फल्ने भएकाले पनि यसको उपयोगिता र महत्व कम भएको निमित्त प्रमुख राईको भनाइ छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
- सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
- कोही किन गर्छ नेपालमा लगानी ?
- ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)
- समसामयिक राजनीतिक व्यङ्ग्य
- अर्थतन्त्रको आकार बढाउन गर्नुपर्ने काम
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया