सोलुखुम्बुबाट १४ लाख ६५ हजार नगदसहित ४ जना जुवाडे पक्राउ
महेन्द्र शाही
सोलुखुम्बु, साउन १५
जिल्लाको सोताङबाट १४ लाखबढी नगदसहित ४ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बुको नेतृत्वमा खटिएको टोलिले जुवा खेलिरहेको अवस्था उनीहरूलाई रङ्गेहात पक्राउ गरेको हो ।
सोताङ गाउँपालिका वडा नम्बर ५ को सिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा १४ लाख ६५ हजार नगदसहित मंगलबार अपराह्न पक्राउ गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा सोताङ गाउँपालिका २ का दुर्गाप्रसाद राई, वडा नम्बर ४ का अर्का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका ७ देउसाका दिपक किराँती र फ्रेमराज खत्री रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूको साथबाट कृषि विकास बैंकको २९ लाखको चेकसमेत बरामत गरिएको प्रहरीको भनाइ छ । सार्वजनिक मुद्दाको लागि सिडियो कार्यालयमा उपस्थित गराउने तयारी भएको प्रहरीको भनाइ छ । जिल्लामा यति ठूलो परिणाममा जुवाको खालबाटै प्रक्राउ परेको यो पहिलो घटना भएको प्रहरीको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया