Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीभीएसको पर्व योजना : ‘टीभीएस दशैँको आशा’

टीभीएसको पर्व योजना : ‘टीभीएस दशैँको आशा’


काठमाडौं ।
नेपालको लागि टीभीएस टु–ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले एक उपभोक्ता योजना ‘टीभीएस दशैँको आशा’ प्रारम्भ गरेको छ । कम्पनीका अनुसार यस उपहार योजनामा ग्राहकहरुले नगद र पुरस्कारहरु जित्ने अवसरहरु प्राप्त गर्नेछन् ।

यस योजनाअन्तर्गत कुनै पनि एक मोटरसाइकलको खरिदमा नगद छुटको रूपमा नौ हजार र स्कुटरमा सात हजार वा शून्य प्रतिशत ब्याजदरमा सम्बन्ध खरिद गर्ने सुविधा छान्न सकिनेछ । साथै बम्पर उपहारका रूपमा हरेक हप्ता एक जनाले आरआर ३१० जित्ने अवसर पाउनेछन् ।

यस बम्पर उपहार योजनामा भाग लिनको लागि जो कोहीले पनि टीभीएस नेपाल डट कम/दशैँमा गएर फारम भर्नुपर्नेछ, जसमा किने पनि या नकिने पनि आरआर ३१० जित्ने अवसर पाइन्छ । यस बम्परको आकर्षण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बाबजुद भाग लिन र जित्न पनि सक्ने अवसर हो ।

दशैँ तिहार स्किम योजना शुभारम्भ समारोहका अवसरमा जगदम्बा मोटर्स प्रालिका प्रबन्धनिर्देशक साहिल अग्रवालले यस योजनाबाट सम्पूर्ण नेपालीहरुको महान् चाडको अवसरमा उनीहरुको जीवनमा अझ बढी आशा थप्न सफल हुने बताए । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टु–ह्विलर्सको लागि एकमात्र आधिकारिक वितरक हो ।

नेपालभर सयभन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । ११० देखि ३१० सीसीसम्मको गुणस्तरीय उत्पादनहरु राडियन, स्ट्राइकर, म्याक्स १२५, अपाचे आरटीआर १६०, अपाचे आरटीआर २००४ भी, अपाचे आरआर ३१०, एन्टर्क १२५, वेगो र जुपिटर क्लासिककोको विविधता रहेको, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टु–ह्विलर ब्राण्ड बनेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया