अमेरिका, पुस ११
चीन र संयुक्तराज्य अमेरिकाबीचको व्यापारमा कमी आएको बताइएको छ । यी दुई देशबीचको व्यापारमा यस वर्षको नोभेम्बर महिनामा कमी आएको बताइएको हो । यी दुई देशबीच विगतका केही समयदेखि व्यापार युद्ध नै जारी रहेको बताएको थियो । यसैकारण चीन र अमेरिकाबीच गत महिनाको व्यापारमा मन्दी आएको हो । विश्लेषकहरुले अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट संयुक्तराज्य अमेरिकातर्फको व्यापारमा कमी आएको बताएका हुन् ।
उनीहरुका अनुसार यो व्यापारमा २३ प्रतिशतले कमी आई ३५ अर्ब ६० करोड अमेरिकी डलरमा सीमित भएको बताइएको छ । अमेरिकाबाट चीनतर्फ हुने आयातमा पनि २.८ प्रतिशतले कमी आएको उनीहरुको भनाइ छ । अमेरिकाबाट चीनतर्फ करिब ११ अर्ब डलर बराबरको वस्तु आयात भएको देखिएको उनीहरुको भनाइ छ । तर पनि अर्काे एक समाचारमा जनाएअनुसार चीनबाट फ्रान्सतर्फ भएको निकासीमा भने सुधार भएको देखिएको छ ।
संयुक्तराज्य अमेरिका र चीनबीच व्यापार वार्ताहरु भए पनि नोभेम्बरमा ठोस सहमति हुन नसक्दा यस्तो अवस्था आएको पाइएको हो । अमेरिकाले चीनले आफ्नो प्रविधि जबर्जस्ती लगेको आरोप लगाएको छ । वर्तमान ट्रम्प प्रशासनले चीनमाथि व्यापार युद्ध नै सुरु गरेको थियो । उनीहरुका कारण विश्वव्यापी रुपमा नै आर्थिक मन्दीको सम्भावना बढेको बताइएको छ । दुवै देशले एकअर्काका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेपछि यस्तो अवस्था आएको हो । (रासस/एएफपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया