सिटिजन्स लाइफ र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
काठमाडौं ।
सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी र एनआईबीएल एस क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । कम्पनीले निकट भविष्यमा नै जारी गर्ने साधारण सेयरको लागि एनआईबीएलसँग बिक्री प्रबन्धकको सम्झौता गरेको हो ।
सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनआईबीएलका तर्फबाट नायब प्रमुुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । कम्पनीले निकट भविष्यमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ७५ करोड रुपैयाँबराबरको ७५ लाख कित्ता साधारण सेयर जारी गर्नेछ ।
हाल चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी दुुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा २० करोड सात लाख १८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १५ करोड ३६ लाख छ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बजेटमा महासंघको सुझावः भ्याटलाई १३ प्रतिशतबाट १० मा झार्नुपर्ने देखि स्टार्टअप उद्योगलाई १० वर्षसम्म आयकर छुट
- रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न
- पार्टीलाई बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री अधिकारी
- ज्योति विकास बैंकद्वारा कर्मचारीलाई सम्मान
- जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन
- पाशुपत क्षेत्र धार्मिक पवित्र स्थल हो, भाषण गर्ने ठाउँ होइन: मन्त्री तामाङ
- पशुपति क्षेत्र विकास कोषको वार्षिक उत्वमा वृक्षरोपण र रक्तदान कार्यक्रम
- कामनपा वडा नम्बर १६ को कार्यालय भवन उद्घाटन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया