काठमाडौंमा ‘खुकुरी सांगीतिक महोत्सव’ आयोजना हुने
काठमाडौं, पुस ११
खुकुरी रमको उत्पादक नेपाल डिस्टिलरीले ‘खुकुरी सांगीतिक महोत्सव’ को आयोजना गर्ने भएको छ । शनिबारको दिउँसो २ बजेदेखि राति १० बजेसम्म काठमाडौँस्थित मल्ल होटेलमा उक्त महोत्सव आयोजना हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाली युवाहरुलाई खुकुरी रमका विभिन्न स्वादसँगै मनपर्ने संगीतकारहरुको प्रत्यक्ष प्रस्तुति अनुभव दिलाउने उद्देश्यले यस सांगीतिक महोत्सवको आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा खुकुरीका विभिन्न पेय पदार्थमध्ये ‘हट रम पन्च’ कक्टेल मुख्य आकर्षण रहने छ । पहिलो पटक आयोजना हुन गइरहेको यस महोत्सवमा बिक्की गुरुङ, बर्तिका इयम राई, विपुल क्षेत्री, द एलिमेन्ट्स, भेक, ब्लुज एण्ड स्पार्क, पहेँलो बत्ति मुनि तथा ५ः५५ जस्ता लोकप्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ भने डि जे फिन्जोक, डि जे बिकी कुल, डि जे बिपिएम, डि जे विधान, डि जे नील, डि जे मनिष र डि जे पल टेन जस्ता चर्चित डि जेहरुले पनि आफ्नो संगीत प्रस्तुत गर्नेछन् । यसअघि खुकुरी रमले ‘खुकुरी म्युजिक टुर’ नामले स्थानीय सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया