गहवामाई मन्दिर बन्द, मन्दिरबाहिर भक्तजनको भीड
पर्सा ।
कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि वीरगञ्ज महानगरपालिकामा रहेको गहवामाई मन्दिरको बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले चाडपर्वको बेला मन्दिरवरपर भीड हुने हुँदा संक्रमण फैलिने भन्दै गहवामाई मन्दिरको मूल गेट बन्द गरेको छ । मन्दिरको मूल गेट बन्द भए पनि मन्दिर दर्शनको लागि भक्तजनहरूको भने भीड लाग्ने गरेको छ । मन्दिरका दर्शन गर्न आउनेहरू बाहिरबाट नै दर्शन गरेर फर्किने गरेका छन् । मन्दिर बन्द गराएको भन्दै केही भक्तजनहरूले भने असन्तुष्टी जनाएका छन् ।
सरकारको राजस्व तिर्नको निम्ति विभिन्न सरकारी कार्यालयहरूमा कर बुझाउन जाँदा कोरोना नलाग्ने, भिडभाडमा भक्तजनहरू लाइनबद्ध खडा हुँदा कोरोना नलाग्ने तर मन्दिरको मूल गेट खोलिँदा कोरोना लाग्ने भन्दै भक्तजनहरूले असन्तुष्टी व्यक्त गरेका हुन् । नेपालीहरूको महान चाड बडा दशैँको घटस्थापना शुभारम्भ हुनसाथ नवरात्री सुरु भए पनि गहवामाई मन्दिरमा भक्तजनहरू पूजापाठ गर्न पाएका छैनन् ।
वीरगञ्ज सहरमै कात्तिक १ गतेदेखि लाग्न गइरहेको व्यापार मेलाको निम्ति स्वीकृत समेत गरिसकेको जिल्ला प्रशासन कार्यालय पर्साले गहवामाई मन्दिरको ढोका बन्द गर्नु दुर्भाग्यको विषय रहेको भक्तजनहरू बताउँछन् । व्यापार मेलामा कोरोना नसर्ने तर मन्दिरमा सर्ने आदेशले सरकारको नीतिमाथि नै प्रश्ण चिह्न खडा भएको भक्तजनहरूले आरोप लगाएका छन ।
स्थानीय अर्का भक्तजनका अनुसार मन्दिरबाहिर लागेको लाम्बद्ध लाइनले कोरोना नसर्ने भनेको पनि होइन । तर आन्तरिक हिसाबमा पनि आफैँ सचेत हुनु पर्ने बताए । प्रमुख जिल्ला अधिकारीले फरकफरक ठाउँहरूमा उभिएर दर्शन गर्न पाउने प्रावधान बनाउनुपर्ने थियो तर त्यस्तो नभएकोमा उनले दुःख व्यक्त गरे । भिडभाड हुन नदिन मन्दिर बन्द गरेको जिल्ला प्रशासन कार्यालय पर्साले मन्दिरबाहिर लागेको भीडलाई भने नियन्त्रण गर्न सकेको छैन ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया